काठमाडौं, फागुन २० ।
नेकपा माओवादी केन्द्रको हाल केन्द्रिय समितिको बैठक जारी रहेको छ । उक्त केन्द्यि समितिको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टीको केन्द्रीय समितिको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रित गर्नुपर्ने प्रस्ताब राखेको छन् ।
माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीका अनुसार प्रचण्डले सुरुमा ब्रिफिङ गरेका थिए । त्यसक्रममा प्रचण्डले पार्टीले महाधिवेशनबाट जे संस्थागत निर्णय गरेको थियो सोही अनुसार एमसीसी अनुमोदन भएको बताए । ‘एमसीसी व्याख्यात्मक घोषणासहित पास एजेण्डा हाम्रो सामु आएको थियो । त्यसअनुसार समर्थन गरेर अगाडि बढ्यौं’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेतृ घर्तीले जानकारी दिइन् । आफूहरूले संशोधनविना एमसीसी अनुमोदन गर्न हुँदैन भन्दै आएको र त्यसका लागि व्याख्यात्मक घोषणाले सहयोग गरेकाले निर्णयमा पुगेको प्रचण्डको प्रष्टीकरण छ ।
साथै एमसीसीमा व्याख्यात्मक घोषणासँगै एमसीसी पास गर्न तयार भएकाले सत्ता गठबन्धन चुनावसम्मै जाने वातावरण बनेको पनि प्रचण्डले बताएका छन् । माओबादी भित्र एमसिसि पास गरेसँगै बिबाद चुलिएको छ । पार्टीभित्र एमसिसिको बिरोधमा रहेका नेताहरु पार्टी बिभाजन गर्ने समेतको कदम चाल्न सक्ने आकलन पार्टी भित्र चर्चा रहेको छ । नारायणकाजी श्रेष्ठले पछिल्लो समय एमसिसिको चर्को बिरोध गर्दै आएका छन । पार्टी भित्र आफ्ना पक्षका नेता कार्यकर्तासँग बारम्बार छलफल गर्नुले पनि पार्टी बिभाजन गर्ने आशंका गरिएको थियो ।