जापान, फागुन १९ ।
गलकोट समाज जापानले अन्तराष्ट्रिय नारी दिवशको अवसरमा नेपाली महिलाको अवस्था अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
गलकोट समाज जापानको महिला विभाग द्वारा ११२ औ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा मंगलबार महिला अधिकारको सरोकारका साथै वैदेशिक रोजगारीले समाजमा पारेको असर र प्रभावका बारेमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।
Choose to Challenge अर्थात् ‘चुनौती छान या चुनौती स्वीकार गर’ भन्ने मान्यता राखी सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरूमा नारीहरुको सक्रिय सहभागिता रहि संसारमा लैङ्गिक समानता एउटा अभियानका लागि मनाइने नारी दिवशमा “समाजका विभिन्न क्षेत्रमा नेपाली महिलाको अवस्था अवसर र चुनौति” विषयक भर्चुवल अन्तरक्रियात्मक कार्यक्रम गरिन लागेको संयोजक चन्द्राकुमारी केसीले जानकारी दिइन ।
महिलाको मानव अधिकार र अन्तराष्ट्रिय क़ानूनको विषयमा दख्खल राख्ने International Commission of Jurists (ICJ) की वरिष्ठ अन्तराष्ट्रिय कानुनी सल्लाहकार डा. मन्दिरा शर्मा, अर्थशास्त्री तथा उप प्राध्यापक ज्ञानु आचार्य, नेत्र विशेषज्ञ सल्मा केसी राई, गलकोट नगरपालिकाकी उप प्रमुख रेणु काउचा, तारा गाउपालिकाकी उपाध्यक्ष दिलमाया रोका लगायतको सहभागितामा पछिल्लो दिनमा महिलाको मानव अधिकार र यससँग सम्बन्धित कानुनी अवस्था, अर्थतन्त्रको विकास, व्यवस्थापन र संचालन महिलाको दायित्व र भूमिका, गलकोटको सन्दर्भमा महिलाहरु वर्तमान अवस्थाका बारेमा छलफल गरिने बताईएको छ ।
सो अन्तरक्रियामा गलकोटमा जन्मिएर राष्ट्रिय स्तरमा आफ़नो पहिचान बनाएका पत्रकार तथा महिला अधिकारकर्मी पवित्रा सानु सुनार, साहित्यकार राधिका कल्पित, कलाकार फूलमाया केसी, महिला अधिकारकर्मी ऋतु केसी र मनिता खत्रीको पनि सहभागिता रहि महिलाले समाज विकासका क्रममा सांस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक पक्षमा पुर्याएको योगदान र आगामी दिनमा खेल्न सक्ने भूमिकाको बारेमा अन्तरक्रिया गरिने संयोजक केसीले जानकारी दिइन ।
समाजमा महिलाले भोग्नु परेका घरेलु हिंसा, र त्यसको न्यूनिकरण, पारिवारिक व्यवस्थापन र सन्तानको भविष्य निर्माणमा महिलाको योगदानका बारेमा चर्चा गरि गलकोट समाज जापानले निर्वाह गर्न सक्ने सामाजिक दायित्वलाई आगामी दिनमा योजना निर्माण गरि कार्यान्वयनमा सघाउ पुर्याउन कार्यक्रमले सघाउ पुर्याउने विश्वास समाजकी वरिष्ठ उपाध्यक्ष कालिका थापाले लिएको बताइन ।
विकसित देशहरु पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका अवस्थामा आफ्ना समस्या सहज सम्बन्धित ठाऊमा राख्न सहज गराउन कार्यक्रमले सहयोग पुर्याउने समाजका अध्यक्ष यम खत्रीले बताऊदै भर्चुवल माध्यमबाट सो कार्यक्रममा विश्व भरबाट सहभागिताको लागि सबैलाई आग्रह गरे ।
संचारकर्मी सरिता खत्रीको सहजीकरणमा हुन लागेको कार्यक्रम नेपाली समय अनुसार दिउसो ४ः४५ बाट हुनेछ । कार्यक्रमको मीडिया पाटनरको रूपमा जनहित न्यूज डटकम सामुदायिक रेडियो गलकोट एफ एम सेतोपरेवा डटकम रहेका र जुममार्फत हुने कार्यक्रमको फ़ेसबुक लाइभ गरिने बताईएको छ ।