काठमाडौंको लाजिम्पाटमा खुल्यो अन्तर्राष्ट्रियस्तरको ‘श्रीद्धि इन्टरनेशनल हस्पिटल’

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  885 पटक हेरिएको

काठमाडौं, फागुन १९ । 

काठमाडौंको लाजिम्पाटमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सेवा सुविधासहित श्रीद्धि इन्टरनेशनल हस्पिटल प्रा.लि. सञ्चालनमा आएको छ । विशेष गरी ट्राभल इन्स्योरेन्ससहित नेपाल घुम्न आएका पर्यटक र बिदेश जाने नेपालीहरूको स्वास्थ्य सेवा तथा उपचारलाई प्राथमिकतामा राख्दै हस्पिटल सञ्चालनमा ल्याइएको हो ।

ट्राभलिङ मेडिसिनलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउन हस्पिटल सञ्चालनमा ल्याइएको संस्थापक अध्यक्ष एवं प्रवन्ध निर्देशक डा. गिर्वाणराज तिमिल्सिनाले भिजन अनलाईन न्युजसंगको सम्बादमा उक्त जानकारी दिनु भएको हो । ‘नेपाल आउने पर्यटकहरु ट्राभलिङ इन्स्योरेन्स गरेका हुन्छन् । उनीहरु बिरामी हुँदा व्यवस्थित उपचार पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘एउटै छाना मुनी सम्पूर्ण उपचार सेवा हामी प्रदान गर्नेछौं ।’

तिमिल्सिनाले यस अगाडि पनि यस्तै खालको हस्पिटल काठमाडौंको सोह्रखुट्टे र एभरेष्ट बेसक्याम्प नजिक सञ्चालन गरिसकेका छन् । यसैलाई मध्यनजर गरी अझै अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल सञ्चालन गरी उपचार दिन यो अस्पताल सञ्चालनमा आएको हो ।

श्रीद्धि इन्टरनेशनल हस्पिटल २५ बेड क्षमता छ । हस्पिटलमा २४सैं घन्टा सुविधासम्पन्न इमर्जेन्सी सेवा, आइसियु, एचडियु, कम्प्युटराइज एक्स–रे, फार्मेसी एवं डिलक्स बेड लगायतका सुविधा छन् । बजारको मध्य भागमा रहेर पनि हरियाली तथा शान्त वातावरणमा सञ्चालित हस्पिटलमा आफ्नै क्याफ्टेरिया तथा प्रयाप्त पार्किङको सुविधा पनि उपलब्ध छ । सबै प्रकारका रोगको उपचार परीक्षण तथा उपचारका लागि अस्पतालमा ‘वेलनेस’ विभागसमेत स्थापना गरिएको जनाएको छ ।

‘विदेशी पर्यटकसँगै अत्याधुनिक तथा राम्रो सुविधामा उपचार चाहने नेपालीले पनि यस हस्पिटलबाट सेवा लिन सक्नुहुनेछ,’ तिमिल्सिनाले भने । हस्पिटलमा २४सै घन्टा आकस्मिक चिकित्सालय सेवा सहित सम्पूर्ण रोगका कन्स्ल्टेन्टबाट विशेषज्ञ सेवा प्रदान हुने उनले जानकारी दिए । ‘सबै प्रकारका हेल्थ इन्सुरेन्सबाट भुक्तानी लिने व्यवस्था अस्पतालले गरेको छ,’ उनले भने ।

स्वास्थ्य क्षेत्रमा रही बिभिन्न स्तरका हस्पिटलको अनुभव लिईसकेका संस्थापक अध्यक्ष एवं प्रवन्ध निर्देशक डा. गिर्वाणराज तिमिल्सिना यसले पर्यटन बिकासमा उल्लेख्य सहयोग पुर्याउने पनि बताऊनु भयो । यस्ता हस्पिटलले विदेशी पर्यटनलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने समेत बताऊनु भयो । भावी दिनमा यस्तै प्रकारको हस्पिटल देशको बिभिन्न पर्यटकिय क्षेत्रमा शाखा बिस्तार गर्ने समेत भिजन अनलाईन न्युजसंगको संवादमा जानकारी गराऊनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार