कोरोना भाईरसका कारण जापानका सम्पूर्ण पर्यटकिय क्षेत्र अस्थाई रूपमा बन्द गरियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1096 पटक हेरिएको

जापान, फागुन २० ।

चीनको बुहानबाट फैलिएको कोरोना भाईरसका कारण हालसम्म जापानमा पनि ९ जनाको ज्यान गैसकेको अवस्था छ । जापान सरकारले संक्रमण फैलन नदिन स्कूल तथा सार्वजनिक स्थल भिड हुने ठाऊहरू बन्द गरीसकेको छ । कोरोनाभाइरस अर्थात कोभिड–१९ को महामारी विश्वभर फैलिरहेको छ । यस्तोमा टोकियो मात्रै होइन जापानभर संग्राहलयदेखि आर्ट ग्यालरी र थिम पार्कसम्म विविध पर्यटकीय स्थलहरु समेत अस्थायी रुपमा बन्द भएका छन् । भाइरसको संक्रमण फैलिन नदिन र यी स्थलका कर्मचारी र आगन्तुकहरुलाई सुरक्षित राख्न यस्तो उपाय अपनाइएको हो ।

जापान नेशनल टुरिज्म अर्गनाइजेशन (जेएनटीओ)ले पनि पयर्टकहरुको लागि भने अंग्रेजी, चिनियाँ र कोरियाली भाषामा हटलाइन ल्याएको छ । जापानबाट ०५०–३८१६–२७८७ र विदेशबाट +८१–३८१६–२७८७ मा सम्पर्क गर्न सकिन्छ ।

यो जानकारी जापानका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलहरुमा पनि जानकारीको रूपमा राखीएको छ। जापानमा कहाँ कहाँ बन्द गरीएको हेरौ तल ।

जापानमा कहाँ कहाँ बन्द गरीएको हेरौ तल ।

जापान ओलम्पिक संग्राहलय

शिनानोमाची
फेब्रुअरी २७ देखि मार्च १६ सम्म बन्द

टोकियो स्काइट्री

मार्च १ देखि १५ तारिकसम्म

शिनानोमाची
फेब्रुअरी २७ देखि मार्च १६ सम्म बन्द

टोकियो डिज्नी रिजोर्ट

माइहामा
फेब्रुअरी २९ देखि मार्च १५ सम्म बन्द

मोरी बिल्डिङ डिजिटल आर्ट म्युजियम

ओदाइबा
फेब्रुअरी २९ देखि मार्च १५ सम्म बन्द

टिमल्याब प्लानेट्स टोकियो

तोयोसु
फेब्रुअरी २९ देखि मार्च १५ सम्म बन्द

टोकियो नेशनल म्युजियम

उएनो
फेब्रुअरी २७ देखि मार्च १५ सम्म बन्द

गिब्ली संग्राहलय

किचिजोजी
फेब्रुअरी २५ देखि मार्च १७ सम्म बन्द

राष्ट्रिय प्रकृति र विज्ञान संग्राहलय

उनेओ
फेब्रुअरी २९ देखि मार्च १६ सम्म बन्द

ट्वाइन्टी वन ट्वान्टी वन डिजाइन साइट

रोप्पोङ्गी
फेब्रुअरी २७ देखि मार्च १२ सम्म बन्द

नेशनल म्युजियम अफ वेष्टर्न आर्ट

उनेओ
फेब्रुअरी २९ देखि मार्च १६ सम्म बन्द

कप नूडल्ज संग्राहलय

मिनातो मिराइ
फेब्रुअरी २९ देखि मार्च ११ सम्म बन्द

हारा म्युजियम अफ कन्टेम्पोररी आर्ट

शिनागावा
फेब्रुअरी २९ देखि मार्च १३ सम्म बन्द

मोरी आर्ट म्युजियम

रोप्पोङ्गी
फेब्रुअरी २९ देखि मार्च १३ सम्म बन्द

सान्रियो प्यूरोल्याण्ड

तामा सेन्टर
फेब्रुअरी २२ देखि मार्च १२ सम्म बन्द

टोकियो सिटी भ्यू

रोप्पोङ्गी
फेब्रुअरी २९ देखि मार्च १३ सम्म बन्द

मोरी आर्ट सेन्टर ग्यालरी

रोप्पोङगी
फेब्रुअरी २९ देखि मार्च १३ सम्म बन्द

स्नुपी म्युजियम

माचिदा
फेब्रुअरी २९ देखि मार्च १३ सम्म बन्द

उएनो चिडियाघर

फेब्रुअरी २९ देखि मार्च १५ सम्म बन्द

मिराइकान–राष्ट्रिय उदीयमान विज्ञान र नवप्रवर्तन संग्राहलय

आओमी
फेब्रुअरी २८ देखि मार्च १७ सम्म बन्द

योमिउरी ल्याण्ड

फेब्रुअरी २९ देखि मार्च १५ सम्म बन्द

टोकियो महानगर सरकारको अब्र्जभेटरी

शिन्जुकु
फेब्रुअरी २६ देखि मार्च १५ सम्म बन्द

न्यू नेशलन थियटर, टोकियो

हासुदाई
फेब्रुअरी २८ देखि मार्च १५ सम्म बन्द

लेगोल्यान्ड डिस्कभरी सेन्टर

ओदाइबा
फेब्रुअरी २९ देखि मार्च १५ सम्म बन्द

गिन्जा सोनी पार्क

गिन्जा
फेब्रुअरी २७ देखि मार्च ३१ सम्म बन्द

मिचुबिशी आइचिगोकान म्युजियम, टोकियो

मारुनोउची
फेब्रुअरी २८ देखि मार्च १६ सम्म बन्द

टोकियो वन पिस टावर

शिबा–कोएन
फेब्रुअरी २८ देखि मार्च १७ सम्म बन्द

टोकियो ओपेरा सिटी आर्ट ग्यालरी

हासुदाइ
फेब्रुअरी २९ देखि मार्च १६ सम्म बन्द

टोकियो ओपेरा सिटी कन्सर्ट हल

हासुदाइ
मार्च १ देखि मार्च १५ सम्म बन्द

बनकामुरा म्युजियम

शिबुया
फेब्रुअरी २८ देखि मार्च १० सम्म बन्द

फुजी–क्यू हाइल्याण्ड

मार्च १ देखि ८ सम्म बन्द
थप पढ्नुहोस्

किड्जानिया

तोयोसु
मार्च २ देखि १३ सम्म बन्द

टोकियो सि लाइफ पार्क

कासाई
फेब्रुअरी२९ देखि मार्च १५ सम्म बन्द

टोकियो बनका खाइकान

उनेओ
फेब्रुअरी २९ देखि मार्च १५ सम्म बन्द

बनकामुरा ओर्चिड हल

शिबुया
फेब्रुअरी २८ देखि मार्च १० सम्म बन्द

इबिसु बियर म्युजियम

इबिसु
फेब्रुअरी २५ देखि अर्को सूचना नआउँदासम्म

आसाकुसा हानायाशिकी

आसाकुसा
फेब्रुअरी २९ देखि मार्च १६ सम्म बन्द

शिशेइदो ग्यालरी

गिन्जा
मार्च १ देखि १६ सम्म बन्द

रेल्वे म्युजियम

ओमिया
फेब्रुअरी २९ देखि मार्च १५ सम्म बन्द

योकोहामा आन्पान्म्यान बाल संग्राहलय

मिनतो मिराई
आसाकुसा
फेब्रुअरी २९ देखि मार्च १५ सम्म बन्द

कोनिका मिनोल्टा प्लानेटारिया

युराकुचो
फेब्रुअरी २९ देखि मार्च १५ सम्म बन्द

आसाही बियर ओयामाजाकी भिल्ला म्यूजियम अफ आर्ट, टोकियो

फेब्रुअरी २२ देखि कोरोना भाइरसको महामारी निर्मुल नभएसम्म

फुकोओका आर्ट म्युजियम

फेब्रुअरी २७ देखि मार्च २० सम्म

क्युशु नेशनल म्युजियम

फेब्रुअरी २७ देखि मार्च १५ सम्म

नारा राष्ट्रिय संग्राहलय

फेब्रुअरी २७ देखि मार्च १५ सम्म

क्योतो राष्ट्रिय संग्राहलय

फेब्रुअरी २७ देखि मार्च १५ सम्म

युनिभर्सल स्टुडियोज जापान

फेब्रुअरी २९ देखि मार्च १५ सम्म बन्द गरीएको जानकारी सम्बन्धित ब्यापस्थापकले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार