श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले साेमबार संसद् भङ्ग गरे

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  745 पटक हेरिएको

श्रीलङ्का, फागुन २० ।

श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले साेमबार संसद् भङ्ग गरेका छन् । संसद्काे कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदाे २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव गराउने घाेषणा गरेका छन् । सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका हुन् । 

वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएकाे थियाे । श्रीलङ्काकाे संसद् भङ्ग गर्नका लागि कम्तीमा साढे चार वर्षकाे कार्यकाल पूरा हुनुपर्छ र याे अवधि आइतबार राति पूरा भएकाे हाे । 

सरकारी सूचनाका अनुसार आउँदाे वैशाख १३ मा हुनेछ र जेठ १ गते संसद्काे पहिलाे सत्र सुरु हुनेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार