रुस र युक्रेनबीच भीषण युद्ध जारी युक्रेन सरकारी टेलिभिजन टावरमा रुसले मिसायल आक्रमण गर्यो, दुई देश बिच दोस्रो चरणको वार्ता पनि जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  318 पटक हेरिएको

एजेन्सी, फागुण १९ ।  

रुस र युक्रेन बिच जारी युद्ध सातौँ दिन पनि जारी रहेको छ । रसियाको बिशेष सैन्य अभियान घोषणा गरेको रुसले सातौँ दिन युक्रेनको राजधानी किभ र खारकिभमा आक्रमण तीव्र पारेको हो । लगातार बम बर्षा र गोलाबारी चलिरहेका कारण मानिसहरु ठूलो संकटमा परेका छन् । यी भीडन्तहरुमा अहिले सम्म २ हजार सर्वसाधारण मारिएको युक्रेनको दाबी छ । रुसले यस विषयमा केही बताएको छैन । दुबै देशका हजारौँ सेनाको मृत्यु भईसकेको अनुमान गरिएको छ ।

रुसले क्रिमिया छेउको खेरसन शहर कब्जा गरिसकेको छ । मेरिपोल पनि कब्जा गरेको बताईएको छ । यी दुई शहर कब्जा रुसले गरेमा युक्रेनको समुन्द्री सम्बन्ध टुट्ने छ । खारकिभमा ब्यापक आक्रमण भईरहेको र किभमा पनि बम बर्षा भईरहेको छ । आल सम्म यस युद्धका कारण ८ लाख बढी नागरिकहरु विस्थापित भएको सँयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसैबीच रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता पनि आज हुँदैछ । पहिलो चरणको वार्ता बेलारुसमा भएको थियो भने दोस्रो चरणको वार्ता पोल्याण्डमा हुँदैछ । वार्ताबाटै समस्याको समाधान गर्न रुस र युक्रेनमाथि दबाब बढीरहेको छ । अमेरीका र नेटो देशहरुले रुसमाथि प्रतिवन्ध थप्दै युक्रेनलाई हतियार आपुर्ति गरीरहेका छन् । यसले तेस्रो बिरुद्धलाई उत्प्रेरित गरिरहेको बुझ्न सकिन्छ ।

रसिया र य्क्रिन बिचको युद्धमा पछिल्लो समय युक्रेन नागरिक हतियार सहित युद्धमा सरिक छन भने जनता रुस बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भईरहेको बिभिन्न भिडियो सन्देशबाट प्रमाणित हुन्छ । पछिल्लो समय युक्रिन नागरिकहरुले रुसका युद्धपोतलाई बाटोमा नै रोकेर सेनालाई नियन्त्रणमा लिएको तथा रुस फर्कन निर्देशित गरिरहेको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार