कोरोना संक्रमण नभएको खबरले खुसी हुँदै घर फर्किए क्वाबरेन्टाईनमा रहेका बिद्यार्थी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1123 पटक हेरिएको

काठमाडौं, फागुन १९ ।

चीनको वुहानबाट उद्दार गरेर भक्तपुरको क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । यसको जानकारी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुलाई चिकित्सकले सुनाएका थिए । जब स्वास्थ्य परीक्षणको रिपोर्ट नेभेटिभ आएको खबर सुने, क्वारेन्टाइनमा बसेकाहरुले ताली बजाएर खुसी साटेका थिए ।

चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहा“ रहेका १७५ जनालाई ४ फागुनमा नेपाल एअलाईन्स मार्फस उद्दार गरिएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बसेका सबै जना अब आआफ्नो घर जाने भएका छन् । चीनको बुहानबाट उद्दार गरी ल्याइएकामा पनि कोरोना भाईरस नेगेटिभ भेटिएपछि हालसम्म आधिकारीक रुपमा नेपाल कोरोना मुक्त रहेको छ । केही ब्यक्तिमा आर्शका गरीउ पनि पुष्टि भने भएको छैन ।

थप फोटाहरु:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार