झापा, फागुन १७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापाको विर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेका हुन् ।
उनले भने, ‘अहिले पनि आफूलाई हटाउन सजिलो छैन । यदि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि हुने चुनावमा दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ प्रधानमन्त्रीले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको र सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए ।
उनले विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने पनि बताए । उनले भने, ‘ दुर्गा प्रसाईजीले ठूलो आँट गर्नु भएको छ। उहाँको हिम्मतलाई धन्यवाद भन्नै पर्छ। दुर्गाजीको बिएण्डसीले अस्पतालमा मात्रै चलाएको थियो। अब सरकारले मेडिकल कलेज पनि चलाउन अनुमति दिँदैछ प्रधानमन्त्रि के.पी शर्मा ओलिले बताउनु भयो।’