काठमाडौं, फागुन १७ ।
चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् ।
सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ ।
चीनको खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त गरिसकेको छ । हाल भारत सरकारद्वारा उपलब्ध गराईएको अनुदान कोरोना विरुद्धको खोप विभिन्न चरणमा फ़्रण्टलाईन काम गर्ने कर्मचारी चिकित्सक प्रहरी लगायतलाई लगाईएको छ ।