दूतावास र गुल्मेली समाजको सहकार्यमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विशेष समारोह हुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  863 पटक हेरिएको

जापान, फागुन १८ ।

जापानमा नेपाली महिला सम्मिलन समारोह नेपाली राजदूतावास जापानको सहकार्यमा गुल्मेलि समाज जापानको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा यही मार्च ८ तारिकका दिन नेपाली दिदीबहिनी सम्मिलन समारोह आयोजना गर्ने भएको छ । विश्वभर भव्य रुपमा नारी दिवस मनाइरहँदा नेपाली राजदूतावास, जापानका महामहिम राजदूत डा. दुर्गाबहादुर सुदेवीज्यूले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जापानवासी दिदीबहिनीहरुलाई उक्त समारोहमा सहभागी हुन र सफलतापूर्वक सम्पन्न गर्न हार्दिक अनुरोध गर्नु भएको छ ।

गुल्मेली समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीले नेपाली राजदूतावास जापानसँगको सहकार्यमा आयोजना हुने यस महत्वपूर्ण कार्यक्रमले गुल्मेली समाज जापान लगायत समग्र जापानवासी दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन समेत सादर अनुरोध गर्नु भएको छ । उक्त  कार्यक्रमको संयोजन गुल्मेली समाजकी उपाध्यक्ष लक्ष्मी केसी महर्जनले गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार