जापान,फागुन १६ ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानले क्षेत्रिय कार्यसमितिको अधिबेशन सुचारु गरेको छ । आज एक कार्यक्रम बिच जापानको तोचुगी केनमा तोचुगी तदर्थ समिति गठन गरेको हो ।आइतबार निवर्तमान अध्यक्ष एवं केन्द्रीय समिति सचिव बिकास बस्नेतको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघका अध्यक्ष देबिलाल भण्डारी, अतिथिहरुमा क्षेत्रिय उपाध्यक्ष दिपक कार्की ,युवा उपाध्यक्ष नविन निउरे ,महासचिब जनक बिक्रम शाही प्रबक्ता सिद्धार्थ श्रेष्ठ ,महिला संयोजक संगिता अधिकारी सुवेदी ,सदस्य रामकृष्ण श्रेष्ठ, अन्जु भण्डारी, सल्लाहकार शिव प्रसाद पौडेल ,समाजसेबी प्रकास भण्डारी, गुन्मा केन संयोजक मिन कुमार लामिछाने मगर ,संघका प्रतिनिधि किरण थापाको उपस्थिति रहेको थियो।
उक्त भेलाबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त भेलाले संयोजक मन्दिप क्षेत्रीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । आजको अधिबेशनबाट चयन तोचिगी तदर्थ समितिमा तपसिल बमोजिमका पदाधिकारी तथा सदस्यहरु चयन भएको छ ।
नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरुको नामावली तल उल्लेख गरिएको छ ।
१. संयोजक (मन्दिप क्षेत्री)
२. उपसंयोजक ( राजेन्द्र पुरी)
३. उपसंयोजक ( मदन साउद)
४. सचिब ( शम्भु थापा)
५. सहसचिब ( उत्तम खनाल)
६. कोषाध्यक्ष ( प्रकास जंग सिंह)
७. सह-कोषाध्यक्ष ( उमेश केसी)
सदस्यहरू :
८. अनिल कुमार किसान
९. जित बहादुर रावत
१०. किशोर बस्नेत
११. दिपक सुनार
१२. अलिसा सुनार
१३. सुसान्त गुरूङ
१४. रोहित दर्लामी मगर
१५. तोमन सापकोटा
१६. देवमान तामाङ
१७. संजिता हमाल
१८. सुसान्त तामाङ
आजको भेलाबाट १८ सदस्यीय समिति चयन गरिएको छ भने तिन जना सदस्य समितिको बैठकबाट मनोनित गरिने जनाएको छ ।