एनआरएनए जापानको स्थगित क्षेत्रीय भेला पुनः यही मार्च ५ मा, कार्यक्रमको तयारी अन्तिम चरणमा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  906 पटक हेरिएको

जापान, फागुन १७ । 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानका बिभिन्न क्षेत्रहरूलाई समावेश गरी क्षेत्रिय भेला गर्ने भएको छ । यही मार्च ५ तारिक जापानको चिवा केनको एक होटेलमा आयोजना हुन गैरहेको उक्त भेलामा क्षेत्रिय कार्यसमितिहरुले २०२१/०२३ कार्यकालमा गरेको र बाँकी कामहरूको समीक्षा गर्ने उद्देश्यले क्षेत्रिय भेला गर्न लागिएको संघका उपाध्यक्ष तथा क्षेत्रिय समन्वय समितिका संयोजक समेत रहेका उपाध्यक्ष राम कृष्ण श्रेष्ठले भिजन अनलाईन न्युजसंगको संवादमा जानकारी गराउनु भयो ।

गैर आवासीय नेपाली संघ जापानको २०२१/०२३ कार्यसमितिको यो पहिलो क्षेत्रीय कार्यसमितिहरूसंग गर्न लागिएको संयुक्त कार्यक्रम हो । उक्त क्षेत्रीय भेलाले केन्द्र र क्षेत्र बिचको दूरीलाई नजिक बनाउने र संघ भित्र भए गरेका कामहरूको समीक्षा समेत हुने भएकोले यो भेला महत्वपूर्ण रहेको उपाध्यक्ष श्रेष्ठले बताउनु भयो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानको आयोजनामा हुन गैई रहेको क्षेत्रिय भेला जापानको चिवा क्षेत्रको इचिकावा ग्रान्ड होटेलमा आयोजना हुन लागेको हो ।

उक्त भेलाले केन्द्र देखि क्षेत्रसम्मको संघको आर्थिक गतिविधि, भाबी रणनीति, संघको योजना तय गरिने जनाएको छ । उक्त कार्यक्रम मार्च ५ तारिक दिनको १२ः०० बजेदेखि बेलुकि १७ः०० बजेसम्म चिवाको ईचिकावा ग्रान्ड होटेलमा हुने भएकोले सहभागी क्षेत्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले समयमा नै सहभागीहरूको संख्या र नामावली पठाऊन हुन र सोको जानकारी क्षेत्रिय समन्वय समिति संयोजक तथा उपाध्यक्ष राम कृष्ण श्रेष्ठ, उपाध्यक्ष राजकुमार अधिकारी र सह-कोषाध्यक्ष दीपक सुनारलाई गरी थप जानकारीको लागि सम्पर्क गर्न हुन समेत जनाईएको छ ।

एनआरएनए जापानद्वाराआयोजना गरीएको पहिलो क्षेत्रिय भेलाको सम्पूर्ण तयारी समेत अन्तिम चरणमा पुगेको उक्त कार्यक्रमको संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी गराउनु भयो । तयारी अन्तिम चरणमा पुगेको छ। उक्त कार्यक्रममा “प्रमुख अतिथि, बिशेष अतिथि, अतिथिहरुलाई पहिलेनै कार्यक्रममा निमंत्रना पठाएको तथा यदी भुल चुकले नपाएको खण्डमा यसै सुचनालाई आधार मानी उक्त कार्यक्रममा उपस्थित भइदिन हुन् NRNA जापान सम्पूर्ण जापानबासि नेपाली समुदाय तथा संघ संस्थाका प्रतिनिधि ज्युहरूलाई हार्दिक अपिल गर्दछ”।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार