कोडिक-९ नोबेल कोरोना भाईरसका कारण अमेरिकामा पनि एक नागरिकको मृत्यु, आपतकालिक अवस्थाको घोषणा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1408 पटक हेरिएको

अमेरिका, फागुन १८ ।

चीनको वुहानबाट फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गएको छ ।वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । कोरोनाको कारण एक जनाकाे ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपतकालिन अवस्थाकाे घाेषणा गरेका छन् ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेराेना भाइरसकाे सम्भावित खतरा रहेको तर खतरासँग लड्न अमेरिका तयार रहेको बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चीन र इरानसँगको यात्रामा कडाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ ।

चीनबाट फैलन सुरु भएको कोरोना भाइरसकाे सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ । बिश्व स्वास्थ्य संगठन(WHO) ले समेत नेपाल पनि कोरोना भाईरस उच्च जोखिम रहेको भन्दै सुचिकृत गरिसकेको छ । तसर्थ नेपालले भावी दिनमा उक्त भाईरसबाट आउने स्वास्थ्य समस्या र उक्त भाईरसलाई रोक्न आबश्यक सुरक्षाको रणनीति तथा कार्यनिति सहित सतर्क रहन जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार