वार्ताको तयारीका बीच रुस युक्रेन भीषण युद्ध जारी, अबको २४ घण्टा अति महत्वपूर्ण रहेको जेलेन्सकीको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  570 पटक हेरिएको

एजेन्सी फागुन १६ ।  

रुसले युक्रेनमा हमला गरेको आन पाँच दिन भएको छ । यो आक्रमण यता दुबै तर्फका हजारौ सैनिक तथा सर्बसाधारण जनताको मृत्यु भईसकेको छ भने अन्य थुप्रै घाईते भएका छन् । यस हमलाका क्रममा युक्रेनमा सेनाका १ हजार बढी सैन्य संरचनाहरु ध्वस्त भएका छन । अन्य भौतिक संरचनामा समेत ठूलो क्षति भएको छ ।

यसैबीच आजै युक्रेनको विश्वकै ठूलो जहाज रुसी आक्रमणमा ध्वस्त भएको युक्रेनका विदेशमन्त्रीले उल्लेख गरेका छन् । रुसी आक्रमण जारी रहेका बेला दुबै देशका प्रतिनिधिमण्डलले आज बेलारुसको सीमा क्षेत्रमा वार्ता गर्ने तयारी गरेका छन् । दुबै देशको वार्ता टोली त्यहाँ पुगेको बताईएको छ । युक्रेनका वार्ता प्रतिनिधिहरुको सुरक्षाको जिम्मा लिएसँगै वार्ताको बाताबरण बनेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
संसारभरबाट युद्ध रोक्न दबाब बढ्दै गएसँगै दुबै देश वार्ताको लागि सहमत भएको हो ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले अबको २४ घण्टाको युद्ध अति महत्वपूर्ण रहेको बताएका छन् । उनले यस अघि पटक पटक भावुक सन्देश दिँदै आएका छन् । युक्रेनका राष्ट्रपति र बेलायतका राष्ट्रपतिको टेलिफोन संबादमा उक्त संन्देश दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार