रुस र युक्रेन बिचको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु, देश छाड्नेको संख्या उल्लेख्य

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  527 पटक हेरिएको

एजेन्सि, फागुन १४ ।  

रुस र युक्रेन बिचको भिडन्त तेस्रो दिन पनि जारी छ । युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ। युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन्। मारिएकामध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ। पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन्। घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ। देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खबर पठाए पनि उनले अस्वीकार गरे। अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उनले अस्वीकार गरेको जनाएका छन्।
अमेरिका अधिकारीहरूलाई उनले जवाफ दिएका छन्, ‘यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन। म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु।’

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहेका राष्ट्रपति जेलेन्स्कीको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ। राष्ट्रलाई केन्द्रमा राखेर दिएको अभिब्यक्तिलाई बिश्व राजनितिमा निजको प्रशंसा भएको हो । राष्ट्रपति स्वयम सेनाको ड्रेसमा स्वयम फिल्डमा खटिएको छ र सेनालाई प्रोत्साहन गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार