एनआरएनए जापानको बिबाद समाधानार्थ भवन भट्टको नेतृत्वमा ६ सदस्यीय समिति गठन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  312 पटक हेरिएको

जापान, फागुन १४ ।  

गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको विबाद समाधानको लागि भवन भट्टको संयोजनमा पुनःसमिति गठन गरेको छ । फेब्रअरी २६ तारिख शनिवार जापानको शिजूओकामा भएको भेलाले करिब ७ महिना अघिबाटको विबादलाई निकास दिन एनआरएनए आईसीसीका पूर्व अध्यक्ष भवन भट्टको संयोजनमा ६ सदस्यीय समाधान समिति गठन गरेको हो ।

गत जुलाई ३० तारिख सम्पन्न निर्वाचनमा धाँधली भएको भनि निर्वाचनमा पराजीत भएका समुहले छुट्टै सामन्तर गतिबिधी गर्दै आइरहेका छन । भेलामा एनआरएनए जापानका पूर्व अध्यक्षहरू , जापानबाट आइसीसीमा प्रतिनिधित्व गरेका अग्रजहरू, राजनीतिक दलहरूको प्रवास संगठनका प्रतिनिधिहरूको सहभागीता रहेको पूर्व अध्यक्ष ओम गुरुङले जानकारी दिनु भयो ।

भेलाले सकेसम्म दुबै पक्षलाई राखेर सहमती गराउने निर्णय गरेको बताएको छ । यदि सहमति नभएको खण्डमा पुनः निर्वाचन गराउने बताएका छन । एनआरएनए जापानको बिबाद समाधनार्थ यस अघि पनि संरक्षक समितिका सदस्य देबमान हिराचन र भवन भट्टको समितिले काम गरीसकेको थियो तर उक्त समितिलाई एनआरएनए जापानको बिबाद समाधानको अधिकार नदिएको आइसीसी अध्यक्ष कुमार पन्तले एक बिज्ञप्ति मार्फत जानकारी गराएका थिए । त्यसपछी एनआरएनए जापानको बिबाद झन चर्किएको थियो ।

एनआरएनए जापानको विबाद समाधानको लागि भवन भट्टको संयोजनमा समिति गठनमा निम्न सदस्यहरु रहेका छन ।

१. संयोजक ः भवन भट्ट
२. सदस्यहरु ः देवमान हिराचन
३. राजन प्रधानङग
४. रोशन केसी
५. सुदन थापा
६. भूषण घिमिरे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार