इरानको उप-स्वास्थ्यमन्त्रिलाई नोबेल कोरोना भाईरसको संक्रमण भएको पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1082 पटक हेरिएको

इरान, फागुन १३ ।

चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका अन्य देशहरुमा पनि महामारीको रूपमा फैलिएको छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमण उच्च पदस्थ व्यक्तिमा समेत देखिएको छ । यस्तै इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई काेराेना भाइरसकाे सङ्क्रमण भएको पाइएकाे छ । मन्त्रालयका एक अधिकारीले मङ्गलबार उप-स्वास्थ्यमन्त्रीलाई काेराेना भाइरसकाे सङ्क्रमणकाे पुष्टि भएकाे जानकारी गराएका हुन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले पनि ट्वीट गर्दै स्वास्थ्यमन्त्रीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको जानकारी गराएका छन् । 

उनले ट्वीटमा भनेका छन्,‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप-स्वास्थ्यमन्त्री हरिर्चीको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।’ 

वाहबजादेहका अनुसार उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक-पटक खोक्नुभएको थियो । उहाँलाई देखिएको लक्षणको आधारमा अस्पताल पुर्याएर जाँच गर्दा कोरोना संक्रमण देखिएको हो । उहाँलाई अस्पताल भर्ना गरी उपचार सुरू गरिएको वाहबजादेहले बताएका छन् । 

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार