काग्रेस र एमाले बिच आज पनि छलफल, एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाही गरे सहयोग गर्ने प्रस्ताब

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  255 पटक हेरिएको

काठमाडौं, फागुन १३ ।  

पछिल्लो समय अमेरिकी सहयोग एमसिसि संसदबाट पास गर्न सरकार पक्ष र बिपक्षी दलहरु बिभ घनिभुत छलफल जारी रहेको अबस्था रहेको छ । प्रमुख विपक्षी नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अनिर्णित नबस्ने बताएको छ । तर संसदमा उपस्थित भएर यसबारे छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्त भएको एमालेले बताएको छ ।

नेपाली कांग्रेसका नेताहरुसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका थिए । एमाले नेताहरुले एमसीसीबारे आफ्नो दल अनिर्णित नरहने बताएका छन् । ‘स्पष्ट ढंगले आफ्नो दिशा दिन्छ, तर त्यसका लागि एमालेले ससदनमा छलफल गर्ने वातावरण बनाउनुपर्‍यो’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार