काठमाण्डौँ, फागुन १२ ।
आज औपचारिक रुपमा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलि र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको प्रत्यक्ष संबाद भएको छ । संसद भवनमा भएको बैठक दुई शिर्ष नेताका साथ दुबै दलका शिर्ष नेताहरुको सहभागितामा दुई पक्षिय संबाद भएको जनाएको हो । एक वर्षभन्दा बढी समयपछि बिहीबार संसद भवनमा भएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पहिलो बैठक सुखद हुन भने नसकेको नेताहरुले बताएको छ ।
उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जोडका साथ उठाएका विषयले माओवादी केन्द्र सुरूमै झस्किएको नेताहरुले बताएको छ । नेकपा एमालेका अध्यक्ष ओलिले संसद बिघटन पश्चात नेकपामा रहदा अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिबेदनले ओलिलाई अझै नछाडेको बुभिएको छ । त्यो प्रतिबेदन नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले औपचारिक रुपमा नै फिर्ता लिनु पर्ने प्रस्ताब राखेको सहभागि नेताहरुले बताएको छ ।
ओलीले माओवादीसँग तीनवटा कुरा राखेका थिए। एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार नेकपा कायमै रहेका बेला पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूमाथि लगाएको १९ पेजको आरोपपत्र फिर्ता लिनुपर्ने, सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने र एमाले फुटाएर एकीकृत समाजवादीमा गएका १४ जनालाई हटाएको सूचना टाँस्नुपर्ने विषय अध्यक्ष ओलीले राखेका थिए।
‘हामीले आज माओवादीसँग राखेका यिनै तीनवटा कुरा हुन्,’ पौडेलेले संचारकर्मीसँग भने। नेकपाकालिन अबस्था देखिको समिक्षा गरेर मात्र आगामी सहकार्य गर्नुपर्ने कुरामा अध्यक्ष ओलिको अडान रहेको थियो ।
नेकपाकालीन अवस्थामा २०७७ कात्तिकमा प्रचण्डले १९ पेजको प्रतिवेदन पेस गरेका थिए जसमा ओलीको चर्को आलोचना गरिएको थियो। ओली पक्षले त्यसलाई आरोपपत्र भनेको थियो। उक्त प्रतिवेदन फिर्ता लिन ओली पक्षले प्रचण्डलाई भने पनि उनले स्वीकारेका थिएनन्। यो विषय चर्किँदै गएपछि ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।
बिहीबारको बैठकमा आरोपपत्रको विषयमा कुरा राखिसकेपछि एमाले अध्यक्ष ओलीले आफूहरूले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदको सूचना टाँस्नुपर्ने अडान राखे। त्यस्तो नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने उनले बताए। ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच २०७७ पुस ५ यता ‘वान टु वान’ वार्ता भएको थिएन। बिहीबार ओली र प्रचण्डबीच सुरूमा वान-टु-वान भेट भयो।
संसद भवन नयाँबानेश्वरमा दुई अध्यक्षको भेटपछि दुवै पार्टीका नेताहरूसहितको बैठक बस्यो। छलफल क्रममा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरूङले ‘राष्ट्रघाती’ एमसिसीमा एमाले र माओवादी केन्द्र एकै ठाउँ उभिनुपर्ने कुरा राख्दै थिए। ओलीले गुरूङलाई बीचैमा रोकेर भने, ‘के को राष्ट्रघाती ? त्यो बकवास कुरा हो। एमसिसी राष्ट्रघाती भएको भए मैले त्यसलाई संसदमा किन पेस गर्थें ?
ओलीले एमसिसीका विषयमा भनेका कुरा र उनले राखेका सर्तले आफूहरूलाई सुरूमै झस्काएको र एमाले-कांग्रेसबीच कुरा धेरै अघि बढेको अनुमान आफूहरूले लगाएको माओवादी केन्द्रका एक नेताले संचारकर्मीलाई बताए। नेकपा एमालेका अध्यक्ष माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेताहरुसँगको संबाद सकिना साथ नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्रि शेरबहादुर देउवासँगको संबादमा सहभागि हुन प्रस्थान गर्नुभएको थियो ।