मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1299 पटक हेरिएको

मलेसिया, फाल्गुण १२ ।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार मोहम्मदले राजासमक्ष राजीनामा दिएका हुन् । सत्ता गठबन्धन दल बिच शक्ति संघर्ष चलेका कारण प्रधानमन्त्रिबाट राजिनामा दिएको जनाईएको छ ।

९४ वर्षीय प्रधानमन्त्री मोहम्मदले सन् २०१८ को मेमा मलेसियाको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका थिए । नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै उनले राजीनामा दिएका हुन् ।

गएको केही दिनदेखि महातिर मोहम्मद र ७२ वर्षीय अनवर इब्राहिमबीच सत्ताको खिचातानी चलिरहेको बताइएको थियो । जसका कारण महाथिरले मलेसियाका सुल्तान अहमद शाहलाई आफ्नो राजीनामा सुम्पिएका हुन् । रोयटर्सका अनुसार महाथिरको पार्टी बर्साटु सत्तारुढ गठबन्धन पाकतान हरपनबाट पनि अलग भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार