काठमाडौं, फागुन १२ ।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड(माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतले संसद बिघटन बदर गरेसँगै बदलिदो राजनितिक घटनाक्रमको बारेमा छलफलगरि आबश्यक रणनिति तय गर्न संसदिय बैठक बोलाईएको जनाएको छ ।
बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ । प्रचण्ड(माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।