चितवन, फागुन ११ ।
प्रधानमन्त्रि के.पी शर्मा ओलिद्धारा संसद बिघटन गरेसँगै बिभाजनको दिशामा गएको नेकपाको प्रचण्ड माधब समुहले भोलिको चितवनमा आयोजना गरेको बिरोध सभालाई जितको सभाको रुपमा आयोजना गर्ने भएको छ । आज सर्बोच्चको निर्णयसँगै आयोजित पत्रकार सम्मेलानमा बोल्दै अध्यक्षदय प्रचण्ड र माधब नेपालले भोलिको चितवनमा आयोजना हुने बिरोध सभा बिरोध सभा नभई हाम्रो जित भएको र त्यसको खुशीमा बिशाल प्रदर्शन सहित मनाउने बताएका हुन ।
आज सर्बोच्चले प्रधानमन्त्रि के(पी ओलिको प्रतिगामी कदमलाई असंबैधानिक रहेको ठहर गर्दै बिघटनलाई बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशन दिएका थिए । उक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सर्बोच्चको निर्णयसँगै सबै सांसदहरु माननीय भईसकेकोले ओलिको भ्रमको पछि लागेका नेता कार्यकर्तालाई पार्टीमा फर्कन समेत आब्हान गरेका छन । अर्का अध्यक्ष माधब नेपालले पनि ओलिको दिन सकिएकोले सबैले समयमा नै आँखा खोल्न पार्टीका ओलि खेमा गएका नेता कार्यकर्तालाई अनुरोध समे गरेका थिए ।