प्रचण्डलाई धोका दिएका थापा अन्तत एक्लिए, यि नेताले पनि छाडे साथ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1037 पटक हेरिएको

काठमाडौं, फागुन ११ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आन्दोलनमा उत्रिएका आफ्ना सहकर्मी साथी पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिएर ओली समुहमा आएका गृहमन्त्री रामबहादुर थापा फेरी एक्लिएका छन् । ओलीलाई साथ दिएकै कारण उनको गुटमा रहेका पूर्व माओवादीले उनलाई यस अघि नै साथ छोडेका थिए । पम्फा भुषाल, देव गुरुगं लगायतका नेताहरुले यस अघि नै उनको साथ छोडेर प्रचण्डको समुहमा जाने निर्णय गरे ।

तर थापा वाइसियल ब्यझिाएर युवा पंक्ति आफ्नो साथमा छ भन्दै ओलीसंग वार्गेनिगं गर्ने मनस्थितीमा थिए । अहिले युवा समुहले पनि उनको साथ छोडेको छ । आफ्नो शक्ति बढाउन पूर्वजनमुक्ति सेनामा रहेका युवाहरुलाई लिएर थापाले पुस ९ मा वाईसीएल ब्युँताएका थिए। त्यसको संयोजक आफ्नै सचिवालयमा रहेका वीरु तामाङलाई बनाएका थिए।

विरुको समुहमा रहेका वाइसियलका युवाहरु अहिले एक्ला एक्लै ओलीको समुहमा प्रवेश गर्न थालेका छन् । यो क्रम दिनहुँ बढेको छ । कोही युवा प्रचण्ड नेपाल समुहमा फर्किएका छन् । यससँगै थापालाई साथ दिँदै आएको युवाहरुको टोली तितरबितर भएको छ।

वाईसीएल ब्युँताएर ओली पक्षसँग वार्ता गरी युवा संघसँग एकता गर्ने प्रयास थापाले गराएका थिए। तर, ओली पक्षले एकतर्फी रुपमा माघ २५ र २६ गते युवा संघको भेला गरेपछि थापा पक्षका युवाले बैठक नै बहिष्कार गरेका थिए। त्यसपछि पनि थापाले आफ्नो तर्फवाट कुनै पहल नगरेपछि युवाहरुले पनि उनको साथ छोड्न थालेका हुन् ।

थापा पक्षको बहिस्कारबीच ओलीनिकट वचनबहादुर सिंहको नेतृत्वमा युवा संघ पुनर्गठन गरियो। अहिले त्यही समुहमा थापा समर्थकहरु पनि एक्ला एक्लै प्रवेश गर्न थालेका हुन् । ओलीको कदम सच्याउन थापा पक्षका युवाहरुले लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतलाई भेटेर दबाब दिएका थिए। तर, त्यसको कुनै नतिजा निस्केन।

आफ्ना समर्थकलाई संरक्षण गर्न नसकेको भन्दै थापा समर्थक युवाहरुले उनको साथ छोडेका हुन् । शनिबारमात्र कुमार हुमागाईं, पुष्पराज श्रेष्ठ, योगेश साउद, योगेन्द्र लामा र उज्ज्वल घिमिरे ओली पक्षमा प्रवेश गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार