महाशिबरात्रि बिशेष कथा अर्धनारीको रूपमा शिव र भृगु महाऋषी – सदगुरु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  640 पटक हेरिएको

काठमांडौ, फागुन ९ ।

शिव र गोरुगाडा

सद्‌गुरुः यो लगभग ३०० वर्ष अगाडिको कुरा हो । भारतको कर्नाटकामा दक्षिण क्षेत्रतिर एकजना भक्त थिए, उनको आमाको उमेर ढल्किँदै थियो । उनी काशी जान चाहन्थिन् र विश्वनाथको काखमा (शिवको काखमा) प्राण त्याग्न चाहन्थिन् । उनले आफ्नो जीवनमा कहिल्यै केही कुरा मागेकी थिइनन्, तर यो एउटा कुराको लागि उनले आफ्नो छोरासँग आग्रह गरिन् । उनले भनिन्, “मलाई काशी लैजाऊ । म बुढि हुँदै छु । म त्यहाँ गएर मर्न चाहन्छु ।””मलाई थाहा छैन, किनकि मैले उहाँलाई देखिनँ । मैले कपडा मात्र देखेँ, त्यसभित्र कुनै अनुहार थिएन । त्यहाँ केही पनि थिएन, त्यो खाली थियो ।”

उसले आफ्नी बुढी आमालाई लिएर जङ्गलको बाटो हुँदै दक्षिण कर्नाटकबाट काशीतर्फ लाग्यो— निकै लामो दुरी ! बुढी भएकीले आमा बिरामी परिन् । त्यसैले, उसले आफ्नी आमालाई काँधमा बोकेर हिँड्न थाल्यो, अनि अवश्य नै केही समयपछि उसको उर्जा रित्तिँदै गयो । तर, ऊ एउटै तरिकाले आफूलाई हिँडाइरहेको थियो—शिवसँग अनुनय विनय गरेर, “शिव, कृपया मलाई यो एउटा प्रयासमा असफल हुन नदिनुहोस् । मेरी आमाले मसँग यही एउटा कुरा माग्नु भएको छ, मलाई यो पूरा गर्न दिनुहोस् । म उहाँलाई काशीसम्म पुऱ्याउन चाहन्छु । हामी त्यहाँ तपाईंको लागि मात्र आइरहेका छौँ । कृपया मलाई शक्ति दिनुहोस् ।”

त्यसपछि, जसै ऊ हिँडिरहेको थियो, उसले घण्टीको आवाज सुन्यो, तपाईंको पछाडि गोरुगाडा आउँदा सुनिने आवाज जस्तै । उसले तुवाँलो (हुस्सु) बाट गोरुगाडा आउँदै गरेको देख्यो, जुन एउटा मात्र गोरुले तानिरहेको थियो । यो विचित्रको कुरा थियो, किनकि त्यस क्षेत्रमा जब छोटो दुरीको यात्राको लागि मात्र तपाईंले एउटा गोरुले गाडा तानेको देख्नुहुनेछ । जब जङ्गलको बाटो भएर लामो दुरीको यात्रा गर्नुपर्ने हुन्छ, तब सधैँ दुईवटा गोरुहरू प्रयोग गरिन्छ । तर, जब तपाईं त्यस हदसम्म थाक्नुहुन्छ, तब यी सबैथोक प्रति वास्ता गर्नुहुन्न । जसै गाडा नजिकैँदै थियो, उसले चालकको अनुहार देख्न सकेन, किनकि त्यो छोपिएको थियो अनि कुहिरो पनि लागेको थियो ।

त्यस व्यक्तिले भन्यो, “मेरी आमालाई सञ्चो छैन । कृपया, के हामी तपाईंको यो खाली गाडामा चढ्न सक्छौँ ?” चालकले हुन्छ भन्ने संकेत दियो । उनीहरू दुवैजना चढे र गाडा चल्न थाल्यो । केही समयपछि, उसले यो चाल पायो कि जङ्गलको बाटोमा पनि गाडा निकै आरामपूर्वक चलिरहेको थियो । त्यसपछि, उसले तल हेऱ्यो अनि यो देख्यो कि चक्काहरू घुमिरहेका थिएनन्, ती स्थिर थिए तर गाडा चलिरहेकै थियो ! त्यसपछि, उसले गोरुलाई हेऱ्यो; गोरु बसिरहेको थियो, तैपनि गाडा चलिरहेको थियो । अनि, उसले चालकतर्फ हेऱ्यो । छोप्ने कपडा मात्र देखिएको थियो, तर त्यसभित्र कोही पनि थिएन । उसले आफ्नी आमातिर हेऱ्यो । आमाले भनिन्, “अरे मूर्ख ! हामी त्यहाँ पुगिसक्यौँ । अब अन्त कतै जानुपर्ने आवश्यकता नै छैन । त्यो ठाउँ यही हो, मलाई जान देऊ ।” अनि, आमाले ठिक त्यहीँ आफ्नो शरीर त्यागिन् । गोरु, गाडा र चालक सबै अदृश्य भए !

ऊ गाउँ फर्कियो । मानिसहरूले सोच्न थाले, “यो यति छिटो फर्किएको छ । यसले आफ्नी आमालाई बाटोमै कतै मिल्काएर आएको हुनुपर्छ । यसले पक्कै पनि उनलाई काशी लगेन।” उनीहरूले उसलाई सोधे, “आफ्नी आमालाई कता छोडेर आइस् ?” उसले भन्यो, “होइन, हामीले कतै जानै परेन, शिव स्वयं हाम्रो निम्ति आउनुभयो ।” उनीहरूले भने, “वाइयात कुरा !” उसले भन्यो, “तपाईंहरूले जेसुकै सोचे पनि त्यसले केही फरक पार्दैन । उहाँ हाम्रा लागि आउनुभयो, र त्यही सबैथोक हो । मेरो जीवन जगमग भएको छ । त्यो कुरालाई मैले आफूभित्र अनुभव गरेको छु । यदि तपाईंहरूले त्यसलाई अनुभव गर्नुभएको छैन भने, त्यो तपाईंको समस्या हो ।” त्यसपछि, उनीहरूले सोधे, “ठिक छ, त्यसोभए हामीलाई केही देखाऊ । जे गरेर भए पनि, हामीलाई यो प्रमाणित गर कि तिमीले साँच्चिकै शिवलाई देखेका थियौ वा उहाँ तिम्रो निम्ति आउनुभएको थियो ।” उसले भन्यो, “मलाई थाहा छैन, किनकि मैले उहाँलाई देखिनँ । मैले कपडा मात्र देखेँ, त्यसभित्र कुनै अनुहार थिएन । त्यहाँ केही पनि थिएन, त्यो खाली थियो ।”

त्यसपछि, अचानक सबैले यो पाए कि ती व्यक्ति त्यहाँ थिएनन् । उनीहरूले उनका कपडाहरू मात्र देखे । पछि, उनी दक्षिण भारतको महान् सन्त बने । उनी जहाँजहाँ गए, त्यहाँका मानिसहरूले उनलाई खाली अनुहारको रूपमा चिनेँ ।


मल्लाः शिव–भक्त अनि एक चोर

सद्‌गुरुः म तपाईंहरूलाई एउटा योगीको बारेमा बताउँछु, जो म जन्मेको ठाउँ नजिकै बस्थे । मैले यी व्यक्तिको बारेमा सुनेको थिएँ, साथै त्यहाँ जेजति घटेको थियो त्यसको बारेमा पनि सुनेको थिएँ— तर, युवा भएको हुँदा मैले त्यसमा खासै ध्यान दिइनँ । यसले मलाई केही रोचकता प्रदान गरे तापनि, त्यसबेला मैले यसलाई खासै महत्त्व दिइनँ ।शिव शिकारी थिए । उनले जनावरहरूलाई मात्र नभई मानिसहरूलाई समेत धराप वा जालमा पार्दथे ।

मैसुरबाट १६ किलोमिटर पर अहिलेको प्रसिद्ध नन्जनगढको पारिपट्टी एकजना शिव-भक्त बस्ने गर्दथे । उनको नाम मल्ला थियो । मल्ला कुनै पनि परम्परा अन्तर्गत जोडिएका थिएनन्, अनि उनलाई पूजा वा ध्यानको कुनै पनि औपचारिक विधि थाहा थिएन । तर, बाल्यकालदेखि नै यदि उनले आँखा बन्द गरे भने, उनी केवल शिवको आकृति देख्ने गर्दथे । सम्भवतः उनको निम्ति भक्त शब्द त्यति उपयुक्त हुँदैन । उनी जस्तै अरू लाखौँ छन् । उनीहरू शिवका बन्दीहरू हुन् । उनीहरूसँग कुनै विकल्प हुँदैन । सायद, म पनि उनको फन्दामा परेँ । हामीले उनको खोज गरेका थिएनौँ— हामी यति अभिमानी थियौँ कि केही खोज गर्नै सक्दैनथ्यौँ, यद्यपि हामी उनीबाट बन्दी बनाइएका हौँ । शिव शिकारी थिए । उनले जनावरहरूलाई मात्र नभई मानिसहरूलाई समेत धराप वा जालमा पार्दथे । मल्ला तीमध्ये एक हुन् ।

illustration-of-malla-thief

मल्लालाई केवल शिव थाहा थियो, अरू केही होइन । उनले कुनै विशेष कला–कौशल सिकेनन्, उनी बर्बर हुँदै गए । कसैलाई बाटैमा रोक्नु र उनीहरूबाट आफूलाई आवश्यक सबै सामानहरू जफत गर्न उनलाई गलत लाग्दैनथ्यो । त्यसैले, उनले त्यो गतिविधि जारी राखे अनि एउटा लुटेराको रूपमा कुख्यात भए ।

जुन जङ्गलको बाटो मानिसहरू आवात-जावत गर्दथे, उनी त्यस ठाउँको नियमित लुटेरा बनेका थिए । जुन ठाउँमा बसेर उनी शुल्क उठाउने गर्दथे, त्यो स्थानलाई ‘कल्लनमूलई’ अर्थात् ‘चोरको अड्डा’ भनेर चिनिन्थ्यो । सुरुसुरुमा मानिसहरूले उनलाई तथानाम भनेर सराप्ने गर्थे, तर जब बर्षको अन्तिम समय आउँथ्यो, आफूले लुटेको सम्पूर्ण धन महाशिवरात्रिको उत्सव मनाउन खर्च गरिन्थ्यो । उनले सबैका लागि भोजभतेर आयोजना गर्दथे ।

तसर्थ, केही वर्षपछि मानिसहरूले उनलाई महान् भक्तको रूपमा चिन्न थाले अनि स्वच्छाले योगदान दिने गर्थे । जो–जसले स्वच्छाले योगदान दिँदैनथे, उनीहरूलाई थर्काएर लिनमा उसलाई केही गलत लाग्दैनथ्यो !

केही वर्षपछि, दुईजना योगीहरू (जो भाइहरू थिए) उनीहरू त्यहाँ आए अनि यस व्यक्तिलाई देखे जो लुटेरा थिए, तर महान् भक्त पनि थिए । उनीहरूले भने, “तिम्रो भक्ति अद्‌भुत छ, तर तिम्रा तरिकाहरूले मानिसहरूलाई आघात पुऱ्याइरहेको छ ।” उनले जवाफ दिए, “म यो सबै केवल शिवको लागि गरिरहेको छु, यसमा समस्या के नै छ र ? उनीहरूले मल्लालाई राम्रोसँग सम्झाए, उनलाई छुट्टै बसाले अनि निश्चित विधिहरूमा दीक्षित गरे— अनि, त्यो ठाउँलाई कल्लनमूलई बाट मल्लनमूलई मा नामाकरण गरिदिए । आज पनि त्यो ठाउँलाई मल्लनमूलईको भन्ने गरिन्छ । त्यहाँ उनले सुरु गरेका महाशिवरात्रि उत्सव त्यो स्थानमा ठुलो पर्व बन्न पुग्यो ।

लुटमारका सबै गतिविधिहरू त्यागेर योगीहरूसँग बसेको डेढ वर्षभित्रै मल्लालाई महासमाधि प्राप्त भयो । यसरी उनलाई मुक्त गराएपछि, सोही दिन ती योगीहरूले पनि त्यहिँ बसेर आफ्नो शरीर छोडे । उनीहरूको सम्झनामा आज त्यहाँ, काविनी नदीको किनारमा, एउटा सुन्दर मन्दिर निर्माण गरिएको छ जसलाई अझैपनि मल्लानामूलई भनिन्छ ।


कुबेर कसरी शिवको “महान्” भक्त बने

सद्‌गुरुः कुबेर यक्षहरूका राजा थिए । यक्षहरू मध्यवर्ती जीवन थिए— उनीहरू न त यहाँ जीवनको रूपमा रहन्छन्, न त यो जीवनपछि हुने अर्को स्वरूप बन्छन्— उनीहरू बिचको स्थितिमा हुन्छन् । कथा यसरी अघि बढ्छः रावणले कुबेरलाई लङ्काबाट निकाले, जसकराण कुबेरलाई अन्तै जान पऱ्यो । आफूले गुमाएको राज्य र त्यहाँका प्रजाहरूप्रतिको निराशामा उनले शिवलाई पुकार्न थाले अनि शिवको भक्त बने ।उनले गणपतितर्फ ईशारा गरेर भने, “यो बालक जतिबेला पनि भोकाइरहन्छ । उसलाई राम्रोसँग खुवाउनु ।”

शिवले, करुणाको भावले उसलाई अर्को एउटा राज्य दिए, साथै संसारभरिको सम्पति दिए— कुबेर संसारकै धनी बने । धन भन्नेबित्तिकै कुबेर भनिन्छ— यहाँ यसरी बुझिएको छ । कुबेर महान् भक्त बने, र जब एउटा भक्तमा आफू महान् भक्त हुँ भन्ने भाव हुन्छ, उसले सबैथोक गुमाएको हुन्छ । कुबेरले पनि आफूलाई महान् भक्त ठान्न थाले, किनकि उनी शिवलाई विशाल मात्रामा केही अर्पण गरिरहेका थिए । अवश्य पनि, शिवले केही पनि ग्रहण गरेनन्— विभूति बाहेक । तर, कुबेर चाहिँ आफूलाई महान् भक्त ठानिरहेको थियो, किनकि ऊ त्यति धेरै चीजहरू अर्पण गरिरहेको थियो ।

एकदिन कुबेर शिव समक्ष आए अनि भने, “म तपाईंको लागि के गर्न सक्छु ? म तपाईंका निम्ति केही गर्न चाहन्छु ।” शिवले भने, “ओहो ! तिमीले मेरो लागि केही पनि गर्न सक्दैनौँ । तिमी मेरा निम्ति के नै गर्न सक्छौ र ? किनकि, मलाई केही पनि आवश्यक छैन । म यत्तिकै ठिक छु । बरु, मेरा छोरालाई लैजाउ ।” उनले गणपतितर्फ ईशारा गरेर भने, “यो बालक जतिबेला पनि भोकाइरहन्छ । उसलाई राम्रोसँग खुवाउनु ।”

“यसमा कुनै समस्या छैन” भनेर उनले गणपतिलाई बिहानको भोजनको लागि लिएर गए । उनीहरूले खाना पस्किए, गणपतिले खाए, खाए अनि खाइ मात्र रहे । उनीहरूले पस्किरहे, उनले खाइरहे । कुबेरले सयौँ भान्सेहरू डाक्यो र ठुलो मात्रामा खाना पकाउन सुरु गरे । उनीहरूले सबै खाना पस्किए, र पनि उनले खाइरहे ।

कुबेर भयभीत भए अनि भने, “बन्द गर यो ! यदि तिमीले यसरी खाइरह्यौ भने तिम्रो पेट फुट्नेछ ।” गणपतिले भने, “तिमी चिन्ता नगर । मसँग पेटिको रूपमा यो सर्प छ । तिमीले मेरो पेटको चिन्ता लिनु पर्दैन । म भोको छु । भोजन पस्किऊ । तिमीले नै मेरो भोकको ख्याल राख्न्छु भनेका थियौ, होइन र ?

कुबेरले आफ्नो भएजतिको सम्पति खर्च गरे । यस्तो भनिन्छ कि उनले अर्को संसारबाट खाना ल्याउनको लागि मानिसहरूलाई त्यहाँ पठाए । तर, गणपतिले खाइरहे अनि भने, “म अझै अघाएको छैन, खै मेरो खाना कहाँ छ ?” त्यसबेला, कुबेरले आफ्नो बुद्दिको सीमितता बुझे र शिवको अगाडि झुकेर नमन गरे, “मलाई यो ज्ञान भयो कि मेरो सम्पति धुलोको कण बराबर पनि छैनन् । मैले आफूलाई महान् भक्त ठान्ने गल्ती गरेँ । तपाईंले मलाई जेजति दिनुभएको छ, म त्यसबाट निकै थोरै दिएको मात्र हुन् । ” त्यस क्षणपछि उनको जीवन पूर्णतया फरक दिशामा अघि बढ्न थाल्यो ।


अर्धनारीको रूपमा शिव र भृगु महाऋषी

सद्‌गुरु: जब हामी योग भन्छौँ, हामी कुनै निश्चित व्यायाम वा तरिकाको बारेमा कुरा गरिरहेका छैनौँ । हामी सृष्टिको विज्ञानको बारेमा कुरा गरिरहेका छौँ, सृष्टिको यस अंशलाई कसरी यसको परम सम्भावनासम्म लैजाने भनेर कुरा गरिरहेका हुन्छौँ । हामी विज्ञान र प्रविधिको कुरा गरिरहेका छौँ, जसद्वारा हामी आफ्नो जीवनको हरेक पक्षलाई परम सम्भावना बनाउन सक्छौँ ।यतिबेला सम्म पार्वती रिसले आगो भइसकेकी थिइन्, त्यसैले शिवले उनलाई आफुभित्र ताने र आफ्नै हिस्सा वा अंश बनाए…

जब शिवले योग विज्ञान सञ्चारित गर्न थाले अनि यस अस्तित्वको प्रकृतिलाई सप्तऋषीहरूमाझ विस्तामा व्याख्या गर्न थाले, एउटा सुन्दर घटना घट्यो । सप्तऋषीहरूमध्ये एकजना जो पछि भृगु महाऋषीको नामले चिनिन थाले, उनी शिवका उत्कट भक्त थिए । कान्तिसरोवर (कृपाको ताल) को तटमा भइरहेको पहिलो योग कार्यक्रमको साक्षी पार्वती पनि थिइन् । भृगु सदाभैँ बिहान आए र उनले शिवको परिक्रमा गर्न चाहे । शिव र पार्वती नजिकै बसिरहेका थिए, तर भृगु बिचबाट गए र शिवलाई मात्र परिक्रमा गरे । उनी शिवको मात्र प्रदक्षिणा गर्न चाहन्थे, पार्वतीको होइन ।

शिव यो दृश्यले अचम्मित भए, तर पार्वती अचम्मित थिइनन् । उनलाई यो राम्रो लागेन । उनले शिव तिर हेरिन, शिवले भने, “अलि नजिक आउँ, उ तिम्रो वरिपरि पनि जानेछ ।” पार्वती नजिकै गइन् । भृगुले देखे कि शिवको मात्र वरिपरि जानलाई पर्याप्त ठाउँ छैन, त्यसपछि उनले आफुलाई एउटा मुसामा रूपान्तरण गरे र केवल शिवको वरिपरि घुमे, पार्वतीलाई परिक्रमाभन्दा बाहिरै छोडे ।

shiva-parvati-bhrigu-as-a-bird-going-around-shiva

पार्वती यस कुराले निकै क्रुद्ध भइन् । त्यसपछि उनलाई खुसी पार्नको लागि, शिवले उनलाई ताने र आफ्नो काखमा राखे । भृगुले आफुलाई एउटा सानो चरामा बदले र पार्वतीलाई छोडेर शिवको मात्र परिक्रमा गरे । यतिबेला सम्म पार्वती रिसले आगो भइसकेकी थिइन्, त्यसैले शिवले उनलाई आफुभित्र ताने र आफ्नै हिस्सा वा अंश बनाए, अर्थात् उनको एउटा पार्वतीमा बदलियो र अर्को भाग शिव नै रह्यो । उनी अर्धनारी भए ।

भृगुले यो देखे र आफुलाई मौरीमा बदले र केवल शिवको दायाँ खुट्टा वरपर मात्र घुमे । भृगुको बचपना भक्ति प्रसन्नता दिने खालको थियो, तर सोही समयमा शिवले भृगलाई उसको भक्तिमा हराएर अस्तित्वको परम प्रकृतिबाट वञ्चित हुन दिन चाहेनन् । त्यसैले, उनी योगको एउटा आसन, सिद्धासन मा बसे, जसले गर्दा भृगुले उनको खुट्टा वा शरीर कुनै भागलाई परिक्रमा गर्ने ठाउँ पाएनन् । यदि उनले परिक्रमा गर्नुपर्ने हो भने, उनले यी दुवै स्त्रैण र पौरुष आयामलाई परिक्रमा गर्नुपर्छ ।

यस कथाले के सन्देश दिन खोजिरहेको छ भने, जब हामी योग भन्छौँ, हामी त्यो आयामको बारेमा कुरा गरिरहेका छौँ जुन सर्व–समावेशी छ अर्थात् सबैलाई समावेश गर्ने किसिमको छ । यो स्वास्थ राम्रो बनाउनको लागि गरिने व्यायाम वा त्यस्तै कुनै प्रक्रिया होइन । यो मनुष्यको परम खुसियाली वा कल्याणको बारेमा हो, जसमा तपाईं जीवनको कुनै पनि पक्षलाई नकार्न वा वर्जित गर्न सक्नुहुन्न । यो सम्पूर्ण आयामहरूभन्दा परको आयामको पहुँचमा आउने बारेमा हो । यो यस्तो पद्धति हो, जसअन्तर्गत तपाईंको आफ्नै प्रणाली— शरीर, मन, भावना र उर्जाहरू— लाई भऱ्याङको रूपमा प्रयोग गर्नुहुन्छ, ताकि दिव्यतासम्म पुग्न सकियोस् । यो एउटा विधि हो, जसमार्फत आफ्नो परम प्रकृतिसम्म पुग्नको लागि तपाईं आफूलाई सोपान (खुड्किला) बनाउन सक्नुहुन्छ ।- साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार