अर्थमन्त्रीसँग एनआरएनए हङकङका प्रतिनिधि मण्डलको भेटवार्ता, विदेशमा बैंकिङ शाखा स्थापना गर्न सरकार तयार

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1345 पटक हेरिएको

काठमाडौं, फागुन ९ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), हङकङका प्रतिनिधि मण्डलले आज अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटवार्ता गरेको छ ।  भेटका अवसरमा गैरआवासीय नेपालीहरुले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । मन्त्री खतिवडाले नेपालका अर्थतन्त्रमा एनआरएएनले महत्वपूर्ण भूमिका खेलेको भन्दै एनआरएनएको प्रशंसा समेत गरेका छन । 

बिश्वभरी छरीएर रहेका नेपालीहरूको श्रमलाईसहज तरिकाले नेपाल स्थित परिवार सम्म पुर्याउन वा नेपालमा रेमिट्यान्स सहज रुपमा भित्र्याउनका लागि विदेशमा बैंकिङ शाखा स्थापनामा सघाउन नेपाल सरकार तयार रहेको मन्त्री खतिवडाले जानकारी दिए । 

बिशेष पारिवारिक कारण नेपाल रहेकी एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टिका), महासचिव गोकर्ण ढकाल र एनआरएनए आइसीसी दासुराम पराजुली लगायतको प्रतिनिधि मण्डलले भेटवार्ता गरेका थिए ।

एनआरएनए हङकङको प्रतिनिधि मण्डलले यसअघि नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेटवार्ता गरी विविध बिषयमा छलफल गरेको एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टिका)ले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार