एमसीसी संसदमा टेबल, बिरोधमा आज दिनभर बानेश्वर क्षेत्र तनाबग्रस्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  389 पटक हेरिएको

काठमाडौं, फागुन ८ ।  

आज प्रतिनिधि सभामा अमेरिकी सहयोग एमसीसी टेबल भएको छ । सत्तारूढ़ गठबन्धनको असहमति रहदा रहदै आज प्रतिनिधि सभामा एमसीसी टेबल भएको हो । प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल हुँदा संसद भवन बाहिरको सडक भने अशान्त रह्यो ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नै एमसीसी टेबल गरेको विरोधमा सडक प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारी उत्तेजित र प्रहरी संयमित हुन नसक्दा दिनभरजसो बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर संसद भवनतिर अघि बढ्न खोज्दा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास, पानीको फोहोरा हान्नुका साथै रबरको गोलीसमेत चलायो ।

एमसीसी टेबल भएको बिषयलाई लिएर नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभा भित्र आफ्नो पार्टीले संसद अबरोध गरीरहदा एमसीसीको बिरोधमा मन्तव्य रखेका थिए भने नेकपा एकिकृत समाजबादीका नेता झलानाथ खनालले त्यस्को बिरोध गरेका थिए ।

थप फोटाहरू

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार