काठमांडौ, फागुन ८ ।
सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका सांसदहरूलाई यसको जानकारी दिएका हुन् ।
आजको प्रतिनिधि सभाको बैठक पनि कांग्रेस सांसदहरूको बिरोधका कारण स्थगित गरी अर्कों बैठक फागुन १३ गते दिनको १ बजे बस्ने गरी सभामुख सापकोटाले अर्कों हप्ताको लागि तोकीएको जनाएको छ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।