आफूलाई पदमुक्त गर्ने निर्णय प्रतिश्वधात्मक र अप्रत्यासित रहेको परियारको भनाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  506 पटक हेरिएको

काठमाडौं, फागुन ७ ।   

प्रधानमन्त्रि के.पि शर्मा ओलिको सिफारिसमा आज राष्ट्रपति बिध्यादेबि भण्डारीद्वारा प्रदेश २ को प्रदेश प्रमुख परियारलाई हटाई नया प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । प्रदेश २ को प्रदेश प्रमुखबाट हटाइएका तिलक परियारले आफूलाई पदमुक्त गर्ने निर्णय अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार मात्र परियारलाई पदमुक्त गरेकी थिइन् भने राजेश झा (राजेश अहिराज)लाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । अहिराजले शुक्रबार नै सपथ लिइसकेका छन् । प्रदेश प्रमुखबाट हटाइएका परियारले भने आफूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयको पत्र प्राप्त भएको र त्यसमा कुनै कारण उल्लेख नभएको बताए ।

विना कारण पदमुक्त गरिएकाले त्यसविरुद्ध अदालत जाने संकेत गर्दै उनले अनलाइनखबरसँग भने, ‘सरप्राइज ढंगले पदमुक्त गरिएको छ । यही हो भने गलत नजिर बस्छ । त्यसरी कानून विदहरुसँग छलफल गरेर एउटा निर्णयमा पुग्छु ।’

परियार पूर्व माओवादी कोटाबाट प्रदेश प्रमुख नियुक्त भएका थिए । अहिले पार्टी विभाजनपछि प्रचण्ड-माधव समूहलाई सन्देश दिन उनलाई हटाइएको बताइएको छ ।

परियारले भने प्रतिनिधिसभा विघटनपछि आफू प्रधानमन्त्रीसँग कुराकानी नभएको र आफ्नो कामकारबाहीप्रति असन्तुष्टि जनाएको पनि थाहा नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार