नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगियो

प्रकाशित:  1019 पटक हेरिएको

काठमाडौं, फागुन ७ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ । आज काठमाडौंमा वसेको वैठकले संयोजक कृष्ण थापा मगर र सहसंयोजक राजकुमार लामिछाने सहित ६१ सदस्यीय जिल्ला कमिटीको नामावली सार्वजनिक गरेको छ । कुल ६१ सदस्यीय कमिटीमा साविक अनेरास्ववियुवाट  ३२ जना र साविक अनेरास्ववियू (क्रान्तिकारी) वाट २९ जना रहेका छन् ।

त्यस्तै ७ सदस्यीय कार्यालय टिममा साविक अनेरास्ववियुवाट  ४ जना र साविक नेरास्ववियू (क्रान्तिकारी ) वाट ३ सदस्य रहेका छन् । कार्यालय टिममा कृष्ण थापा , राजकुमार लामिछाने , रामेश्वर फुयाल , सविन डांगी , दिपकराज दाहाल , सन्तवहादुर तामाङ र उमेश भण्डारी रहेका छन् ।

आज काठमाडौंमा वसेको वैठकमा  नेकपाका केन्द्रीय सदस्य हिमाल शर्मा , अनेरास्ववियूका केन्द्रीय सदस्य द्वय अशोक थापा र समीर पाण्डेको विशेष उपस्थितिमा एकता टुग्याएको हो ।पार्टी एकताको लामो समय पछी काठमांडौ जिल्ला कमिटिको एकता टुग्याएको हो ।

एकता पश्चात अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीको नामावली :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार