काठमाडौं, फागुन ७ ।
नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको छ । शनिबार आज नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न दिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् । तर, नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ ।
‘संसद अवरोध हट्नुपर्छ । एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ’, खतिवडाले भने । बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने पनि निर्णय गरेको छ । ‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न । नेकपा रहदा गठित समितिले औल्याएका बुँदाहरु संसोधन हुनु पर्ने माग पनि राखेको र संशोधन नगरी हुन्न,’ खतिवडाले भने । एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ ।
हाल नेकपा एमालेले नेकपा एमाले फुटाएर बनेको नेकपा एकिकृत समाजबादीका सम्पुर्ण सांसदलाई कारबाही नगरी संसद चल्न नदिने बताउदै आएका छन ।