नेकपा प्रचण्ड माधव समुहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित बोलायो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  692 पटक हेरिएको

काठमांडौ, फागुन ६ । 

नेकपाले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित पार्टी कार्यालयमा बोलाएको छ ।प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रिय सदस्यहरुलाई टेलिफोन गरेर केन्द्रीय कार्यालय पेरिसडाडाँमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुन आग्रह गरेको हो ।पार्टीले थप निर्णय नागरिकता संकलन भएपछि नै निर्णय गर्छ, अहिलेलाई अभिलेख राख्न मात्रै खोजिएको बताइएको छ, एक नेताले भने ।

पार्टी विभाजन हुनु अघिको केन्द्रीय कमिटीको ४४१ मध्ये ३१५ बढी आफ्नो पक्षमा रहेको दावी गर्दै आएको यो समुहले निर्वाचन आयोगमा वैधानिकताको दावी गर्दै २८७ जनाको नाम बुझाएको थियो।

नागरिकता संकलन भएपछि नै पार्टीले थप निर्णय गर्छ, अहिलेलाई अभिलेख राख्न मात्रै हो’, एक स्थायी कमिटी नेताले भने । भोलि दिउँसोसम्म नागरिकता सहित उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको छ ।

यो समूहले निर्वाचन आयोगमा वैधानिकताको दावी गर्दै २८७ जनाको नाम बुझाएको छ । तर, पार्टी विभाजन हुनु अघिको केन्द्रीय कमिटीको ४४१ मध्ये ३१५ बढी आफ्नो पक्षमा रहेको दावी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार