दिनेशको बयान फेरियो : बलात्कारपछि भागरथीको हत्या आफैँले गरेको स्वीकार

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  598 पटक हेरिएको

बैतडी, फागुन ६ ।  

भागरथी हत्याका आरोपी दिनेश भट्टले आफूले नै भागरथीलाई बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्। दिनेशका बुवा दीपकराज भट्ट, प्रहरी प्रमुख नारायणप्रसाद अधिकारी, सरकारी वकिल राखेर गरिएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन्।

छोराले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको दिनेशका बुुवा दिपकराजले संचारकर्मीहरुलाई जानकारी दिए। यसअघि दिनेशले हत्या मात्रै गरेको बताउँदै आएका थिए।

दिनेशलाई हिजो प्रहरीले सार्वजनिक गरेको थियो। यसका साथै आजै बिहीबार गरिएको बयानमा दिनेशले भागरथीको घडी घटनास्थलमै रहेको बताएपछि प्रहरी खोज्दा घटनास्थल नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार