कर्ममा उत्रन सक्नुपर्‍यो, सपना बाँडेर समय खेर नफालौं–पुर्वराजा ज्ञानेन्द्र शाह

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  613 पटक हेरिएको

काठमाडौं, फागुन ६ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले भविश्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने, तर त्यस्तो हुन नसकेको बताएका छन् ।

‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ । रुपमा होइन, सारमा झल्कनुपर्दछ’ पूर्वराजाले भनेका छन्, ‘हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्दछौं( नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।’

पूर्वराजाले प्रजातन्त्र केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागिमात्र होइन भन्दै सबै जनताले प्रतिफल पाउनुपर्ने बताएका छन् ।

पूर्वराजा शाह यतिबेला भारत भ्रमणमा छन् । भारत भ्रमणमा रहेका पुर्व राजा शाहले भोलिको राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्षमा जारी गरेको बिज्ञप्ति आजै अनलाईन खबरले सार्वजनिक गरेका छन ।

पुर्वराजा शाहले जारी गरेको बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार