चिनद्धारा उपलब्ध गराउने खोपलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  526 पटक हेरिएको

काठमाडौं, फागुन ६ ।  

चिनको बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको छ । ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ।

विभागले जारी गरेको सूचनामा १६ जनवरी, २०२१ मा सो खोपलाई अनुमति दिएको उल्लेख छ । तर खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जानकारी दिन प्रकाशित सूचनामा भने विभागका अधिकारीले १७ फेब्रुअरी २०२१ मा हस्ताक्षर गरेका छन् ।

चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । अनुमतिपछि चिनियाँ खोप नेपालमा ल्याएर प्रयोग गर्ने बाटो खुलेको छ । हाल नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग हुँदै आएको छ भने चिनको खोपबाट पनि धेरै नागरिक लाभान्वित हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार