पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल र डिजेलको मूल्य घट्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1172 पटक हेरिएको

काठमाडौं, फागुन ५ ।

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको हो। सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको निगम स्रोतले जानकारी दियो। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ भएको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार