पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा सफाइ पाए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  713 पटक हेरिएको

काठमांडौ, फागुन ५ ।

पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करण आरोपमा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट महराले सफाइ पाएका हुन् ।अदालतको यो फैसलासँगै जबर्जस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा छुट्ने भएका छन् । कृष्ण बहादुर महराको मुद्दा हिजै टुङगो लाग्ने अनुमान गरीएपनि हेर्दा हेर्दैमा राखेको थियो ।

महराका पक्षमा वरिष्ठ अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले बहस गरेका थिए ।

१२ असोज आइतबार राति महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यसको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूमाथि बलात्कार र हातपात गरेको आरोप लगाएकी थिइन् । भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो ।

घटना भएको पर्सी पल्ट १४ असोजमा प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो । त्यसपछि १९ असोजमा महरालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको करिब एक महिना अर्थात् १८ कात्तिकमा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार