नेपालले टस जितेर नेदरल्याण्डविरुद्ध बलिङ गर्दै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  119 पटक हेरिएको

काठमाडौं, फागुन ५ । 

आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत आज नेपालले टस जितेर नेदरल्याण्डस विरुद्ध फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । करण केसी र पवन सरार्फ बाहिर भएका छन् । दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा रहेका छन् ।

पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । सट बलमा नेपाललाई फसाउँदै डच टोलीले १६७ रनमा अल आउट गरेको थियो । नेपाल र नेदरल्याण्ड्सबीच ओडीआईमा ३ तीन ओडीआई खेल भएका छन् । नेपाल एक खेलमा जित्दा २ खेलमा हारेको छ । २०१८ मा नेपाल पहिलो खेलमा ५५ रनले पराजित हुँदा दोस्रो खेलमा १ रनले विजयी भएको थियो । गत जुनमा नेपाल ७ विकेटले पराजित भएको थियो ।

नेपालको टोलीमा आज रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र देव खनाल रहेका छन भने बेन्चमा करण केसी, सूर्य तामाङ, पवन सरार्फ र आरिफ शेख रहेका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार