केजरीवालले नयाँ दिल्लीको मुख्यमन्त्री पदमा सपथ ग्रहण लिए, आजै पदभार ग्रहण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  797 पटक हेरिएको

भारत, फागुन ४ ।

आमआदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले नयाँ दिल्लीको मुख्यमन्त्री पदमा सपथ ग्रहण गरेका छन्। आमआदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले नयाँ दिल्लीको मुख्यमन्त्री पदमा सपथ ग्रहण गरेका छन्। आइतबार दिल्लीको रामिला मैदानमा केजरीवालले तेस्रो पटक मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन्।

गत शनिबार आमआदमी पार्टीले विधानसभाको चुनावमा ७० मध्ये ६२ सिट आफ्नो नाममा गरेको थियो। सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)ले आठ सिट मात्रै जितेको छ। अरविन्द केजरीवाललाई दिल्लीका उपराज्यपाल अनिल बैजलले पद र गोपनियताको सपथ खुवाएको हुन्।

उनले सपथ ग्रहण कार्यक्रमको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएका थिए। तर उनि अन्य कार्यक्रममा व्यस्त भएको कारण उपस्थित नभएको केजरीवालले बताए। यस अघि उपमुख्यमन्त्री रहेका मनिस सिसोदियाले केजरीवालको मन्त्रीपरिषदमा मन्त्रीको सपथ लिएका छन्। यसैगरी गोपाल राई, कैलाश गाहलोट र इमरान हुसैनले पनि सपथ ग्रहण गरे।

आमआदमी पार्टीले दिल्लीमा तेस्रो पटक सरकार बनाएको हो। सन् २०१५ मा ७० मध्ये ६७ सिट ल्याएर दिल्लीमा केजरीवालले सरकार बनाएका थिए। त्यसअघि सन् २०१३ मा भएको चुनावबाट मुख्यमन्त्री बनेका केजरीवालले ४९ दिन पछि नै राजीनामा दिएका थिए। तर त्यहाँका नागरिकले फेरि पनि उनैलाई जिताएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार