एमसीसी विरूद्धको आन्दोलनमा प्रहरी र आन्दोलनकारि बिच झडप, एमसीसी आज टेबल नहुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  352 पटक हेरिएको

काठमाडौं, फागुन ४ ।  

संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरू र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको हो ।

प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैनलगायत नारा लगाएका छन् । प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा, राप्रपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता एमसीसी बिरोधमा उत्रिएका छन् ।

अहिले संसद भवनमा बैठक शुरू भएको अबस्था छ । तर आजको बैठकमा एमसीसी टेबल नहुने लगभग पक्का भएको छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रि बिचको भेटपछी आज एमसीसी संसदमा टेबल नगर्ने सहमति भएको बुझीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार