एनआरएनए आइसीसीको निर्वाचन मार्च २१ र २२ मा तय, जापानको बिबाद मिलाउने जिम्मा भवन भट्टलाई दिएको अध्यक्ष पन्तको स्पष्टौति

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  396 पटक हेरिएको

काठमाडौं, फागुन ४ ।  

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार फागुन २०(मार्च ४) मा मनोनयन दर्ता हुनेछ । बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने चैत ७ र ८ गते मतदान कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । यस अघि निर्वाचन समितिलाई बिभिन्न देशबाट निर्वाचन प्रतिनिधिहरूको नामावली प्राप्त नभएकोले पटकपटक निर्वाचन सार्न बाध्य भएको निर्वाचन समितिले प्रष्ट पारेको छ । निर्वाचन समितिलाई सम्पूर्ण देशबाट छनौट गरी पठाईएका प्रतिनिधिहरूको नामावली प्राप्त भएकोले निर्वाचन मिति तय गरीएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

एनसीसीको निर्वाचन पनि एमआइएस सिस्टमबाट गर्न लागिएको जनाएको छ । निर्वाचनमा सहभागी प्रतिनिधिहरूले अनलाईन भोटिङका लागि एनआरएनए एप्समा फेस सहितको सेल्फी भेरीफ़िकेशन पश्चात मात्र भोटिङ गर्न मिल्ने प्राबधान रहेकोले आफ्नो आइडी लगइन गरी फेस भेरीफ़िकेशन गर्न समेत सबैलाई अनुरोध गरेको छ ।

आइसीसीले हिजो दिनभर उच्चस्तरीय समितिको नामबाट भएको एनआरएनए जापान विघटनको कुप्रयासको पनि अध्यक्ष पन्तद्वारा स्पष्ट पारीएको छ । उच्चस्तरीय समितिका सदस्य हिराचनद्वारा जारी विज्ञप्तिको ध्यानकर्शन गर्दै दिएको अधिकार भन्दा बाहीर गई गरीएको निर्णय अधिकारिक नरहेको र त्यसमा उल्लेख भएका निर्णय कार्यान्वयन नगर्न समेत सम्बन्धित सबैको ध्यानाकर्षण गरीएको छ ।  एनआरएनए जापानको बिबाद मिलाउने जिम्मेवारी निबर्तमान आइसीसी अध्यक्ष भवन भट्टलाई दिएको र निजबाट समाधानको प्रयास भईरहेको पनि उल्लेख गरीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार