चीनको वुहानबाट १ सय ७५ जना नेपाली लिएर नेपाल एअरलाईन्स नेपाल उड्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  883 पटक हेरिएको

चीन, फागुन ३ ।

चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौंको लागि उडेको छ। ६ जनामा भने स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा वुहानमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ। 

यस्तै ४ जना नेपाली भने आफ्नो इच्छाले उतै बसेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैले १ सय ८५ जना नेपालीलाई उद्दार गर्ने भनेपनि १० जना छुटेका छन्। जहाज आइतबार बिहान ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। 

६ जनामा कस्तो स्वास्थ्य समस्या देखिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन। यद्यपी शनिबार बिहान वुहानमा रहेका विद्यार्थीसँग कुरा गर्दा शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियस भन्दा माथि देखाए विमानस्थलमै रोक्ने बताएका थिए। चीनले नै स्वास्थ्यमा सामान्य समस्या देखीए पछी जुनकुनै देशका नागरिकलाई बाहीर जान दिएको छैन त्यसैले ६ जना वुहान एअरपोर्ट मै रोकीएको हो ।

कोरोनाभाइरसको उद्गमस्थल वुहानमा उद्दारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज शनिबार अपरान्ह ४ बजे वुहान प्रस्थान गरेको थियो । नेपालबाट उद्दारको लागि जहाज आउने भएपछि हुबेई  प्रान्तमा रहेका नेपालीहरु दिउँसै राजधानी वुहानमा जम्मा भएका थिए। दूतावासले विभिन्न सहरबाट आफ्ना नागरिकलाई ६ वटा बसमा वुहानसम्म ल्याएको थियो। 

वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ। जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ। 

जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकएक जना इन्जिनियर र लोडमास्टर छन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार