जापान, फागुन २ ।
नेपाली जनसम्पर्क समिति जापानले नयाँ नेतृत्व पाएको छ । लामो समयको अन्योलतालाई चिर्दै धेरै समयको रस्साकस्सी पछि नेपाली जनसम्पर्क समिती जापानले नयाँ नेतृत्व पाएको छ । जापानको फुकुओकाको क्युशुमा सम्पन्न नेपाली जनसम्पर्क समिति जापानको ऐतिहासिक बृहत क्रियाशिल राष्ट्रिय कार्यकर्ता भेलाले डिका कार्कीको नेतृत्वमा ३१ सदस्यिय नयाँ कार्यसमिती निर्विरोध निर्वाचित गरेको हो । स्मरण रहोस् सन् २०१६ मा भएको छैठौँ अधिवेसनमा दुई पक्षबिच विवाद बढेपछि एक एक बर्षको कार्यकाल बाँडफाड गरि पहिलो एक बर्षे कार्यकालका लागि डन्डापानी कडेल (डिपी) को नेतृत्वमा १० जना उपसभापति सहित ७० जनाको समिती र दोश्रो एक बर्षे कार्यकालका लागि लालबहादुर के सी (राेशन) को नेतृत्वमा उनै १० जना उपसभापति सहित ७० जनाको केन्द्रिय समिती बनेको थियो ।
बिधानअनुसार सन् २०१८ मा नै सातौँ अधिवेशन गरि नयाँ समिती निर्वाचन गर्नुपर्ने भएपनि बिभिन्न विवादहरुकै कारण अधिवेशन हुन सकेको थिएन । रोशन केसी नेतृत्वको समितीलाई बारम्बार अधिवेशन गर्न जापान बासी नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुले माग गर्दा पनि जिम्मेवारी हस्तान्तरण पनि नगर्ने,अधिवेशन गर्न कुनै ताकेता पनि नगरिहेको परिस्थीतिमा गत शनिवार जापानको फुकोओका शहरमा बसेको एतिहासिक बृहत कृयाशिल राष्ट्रिय कार्यकर्ता भेलाले डिका कार्कीको सभापतित्वमा नयाँ अन्तरिम कार्यसमिती चयन गरेको हो । निर्विरोध निर्वाचित नयाँ कार्यसमितका सदस्यहरुको नामावली तल उल्लेख गरिएको छ ।
जनसम्पर्क समिति जापानद्वारा जारी प्रेस बिज्ञप्ति