काग्रेसको ढुलमुले बानिले १४ औँ महाधिवेशन प्रभाबित, सर्बोच्चको निर्णय पछिमात्र पार्टीले थप निर्णय गर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  746 पटक हेरिएको

काठमाडौं, फागुन २ ।  

नेपाली काग्रेसको ढुलमुले ब्यबहारले पार्टी स्फुर्त रुपमा अघि बढ्न नसकेको चर्चा चल्न थालेको छ । पार्टीको निर्णयअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनको अन्तिम तयारीमा व्यस्त हुनुपर्ने हो । पार्टीको विधानअनुसार चार वर्षमा महाधिवेशन गर्न नसकेपछि ११ पुस २०७६ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले आफ्नो कार्यकाल एक वर्ष म्याद थप्दै १४औं महाधिवेशन २०७७ फागुन ७(१० मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर, महाधिवेशन गर्न असफल भएको कांग्रेसले संवैधानिक साहारा लिएर म्याद थप्ने तयारी तरेको छ । त्यही सिलसिलामा कांग्रेसले ५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले भने आफूहरुले जिल्ला सभापतिहरुको भेला बोलाउने भएपछि दबावमा आएपछि मात्र बैठक बोलाइएको रामचन्द्र खेमाका नेता कार्यकर्ताको जिकिर रहेको छ । नेताहरुका अनुसार आगामी बैठकका तीनवटा एजेण्डामा केन्द्रित भएर छलफल हुनेछ ।

संसद विघटनविरुद्ध थप आन्दोलन, दोस्रो प्रदेश सरकार सम्बन्धि र तेस्रो पार्टीको १४ औँ महाधिवेशन सम्बन्धि प्रस्ताबमा केन्द्रित रहि छलफल हुने बताएको छ । पुस ५ मा भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको कांग्रेस न त खुलेर आन्दोलनमा जान सकेको छ न त के.पी ओलिलाई खुलेर समर्थन गर्न सकेकोछ । नेपाली काग्रेस भित्र बरिष्ठ नेता रामचन्द्र पौडेल सहित बहुमत सदस्यहरु संसद बिघटनको बिरुद्धमा उभिएको छ भने सभापति देउवा भने सर्वोच्चको निर्णय कुरेर बस्ने र पछि सोही निर्णयको आधारमा पार्टीले आधिकारीक निर्णय लिने पक्षमा छन । ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष सशक्त आन्दोलनको पक्षमा भए पनि सभापति शेरबहादुर देउवाले रुची देखाएका छैनन् । उनले पटक(पटक सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर कांग्रेसले आन्दोलन नगर्ने अभिव्यक्ति दिँदै आएका छन् । मध्यावधि चुनावको पक्षमा देखिएका कारण देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको पक्षमा उभिएको आरोप लागेको छ । यद्यपि उनले पनि पार्टीबाट आफूले चाहेजस्तो निर्णय गराउन भने सकेका छैनन् ।

देउवाको अरुचीकै कारण कांग्रेसले संसद विघटनविरुद्ध हालसम्म सशक्त आन्दोलन नगरी सीमित विरोध कार्यक्रम मात्र गरेको छ । पूर्वघोषित आन्तिम आन्दोलनको कार्यक्रममा भोलि ३ गते ७७ वटै जिल्लामा विरोधसभा हुँदैछ । त्यसको दुई दिनपछि बस्ने बैठकमा आन्दोलनका थप कार्यक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् । नेताहरुका अनुसार फागुन दोस्रो साता उपत्यका केन्द्रित कार्यक्रम आउन सक्छ ।

यस्तै, केन्द्रीय कार्यसमितिको बैठकमा प्रदेश १ र बागमती सरकारबारे समेत छलफल हुनेछ । दुबै प्रदेशमा ओली समूहका मुख्यमन्त्री छन् भने प्रचण्ड-माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । र, दुबै प्रदेशमा कांग्रेस निणरयक भएको छ । कांग्रेसले जसलाई साथ दियो त्यही समूहको बहुमत पुग्ने अवस्था छ र नेकपाको दुबै समूहले सत्ता साझेदारीका लागि प्रस्ताव पनि राखेका छन् ।

तर, कांग्रेस अलमलमा छ । कुन समूहसँग सहकार्य गर्ने भन्नेमा देउवा र पौडेल/सिटौला पक्षबीच सहमति भएको छैन । पौडेल सिटौला पक्षले अविश्वासको प्रस्तावका पक्षमा उभिनुपर्ने अडान लिए पनि सभापति देउवा सहमत भइसकेका छैनन् । देउवामाथि ओली समूहलाई साथ दिन खोजेको आरोप लागेको छ ।

केन्द्रीय कार्यमितिको अर्को एजेण्डा घोषित महाधिवेशन स्थगित र म्याद थप पनि हुने नेताहरुले बताएका छन् । कांग्रेसले ७/१० फागुन २०७७ मा महाधिवेशन गर्ने निर्णय हेरफेर गरेको छैन । र, महाधिवेशन हुने अवस्था पनि छैन । यो बैठकले संविधानको धारा २७९अनुसार ६ महिना म्याद थप गर्ने निर्णय गर्न सक्ने नेताहरुले बताएका छन् । तर महाधिवेशनको मिति तोक्न भने संसद विघटनबारे सर्वोच्च अदालतमा इजलासमा चलिरहेको मुद्दाको फैसला कुर्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार