ललिता निबास प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईबारे थप प्रमाण बुझ्न सर्वोच्चको आदेश

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1193 पटक हेरिएको

काठमाडौँ, फागुन २ ।  

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर रिटमा सर्वोच्च अदालतले थप प्रमाण बुझी पेश गर्न आदेश दिएको छ । रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले प्रमाण बुझ्न आदेश दिएको हो ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए । सर्वोच्चको आदेशसँगै अब अख्तियारले उक्त कागजात पठाउनुपर्नेछ । न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ ।

अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो । अख्तियारले यसअघि उक्त प्रकरणमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार