काठमांडौ, फागुन २ ।
सभामुख अग्नि प्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेको लागि बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ। सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ।
सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ। आजको सर्वदलीय बैठकमा आफूहरू नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।
‘समसामयिक परिस्थिति र महाभियोगबारे छलफल गर्ने भनिएको छ। हामी त्यो बैठकमा जाँदैनौं,’ उनले भने।