सुन्दरी गायिका एलिना चौहानको “तिम्रै माया लाग्छ बरिलै” सार्बजनिक (भिडियो सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2416 पटक हेरिएको

काठमांडौ, फागुन १ ।

चर्चित गीतहरुको कभर गाएर पछिल्लो समय चर्चामा आएकी गायिका एलिना चौहानको आवाजमा रहेको “बरिलै” गित भिडियो सहित सार्बजनिक भएको छ । यस अघि मेल भर्सन गायक कृशल कडेल र मीनराज पौडेलको आवाजमा रहेको बरिलै गीतलाई नै फिमेल भर्सनमा गायिका एलिना चौहाको आवाजमा सार्बजनिक गरिएको हो । कृशल कडेल र मीनराज पौडेलको आवाजमा रहेको बरिलै गीत दर्शकस्रोताले अत्यधिक मन पराएपछि फिमेल भर्सनमा पनि गीत सार्बजनिक गरिएको गीतका गीतकार तथा संगीतकार नृपेश उप्रेती बताएका छन ।

पुरुषोतम सुबेदीको अरेन्जमा रहेको गीतर्ला पुनःदेब लावरले रि अरेन्ज गरि उक्त गीतको रेकर्डिङ्ग गरिएको थियो । उक्त गीतको भिडियोमा सुन्दरी गायिका एलिना चौहान स्वयम देखिएकी छिन । शक्ति प्रज्वल घिमिरेको डारेक्सनमा तयार पारिएको उक्त भिडियोको छायाङ्कन भने नवराज घिमिरेले गरेका हुन ।

ह्वाईट मिडिया प्रा.लि. प्रोडक्शन गरिएको उक्त गीतको भिडियो खुशी ईन्टरटठेनमेन्टको आधिकारीक युबट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । उनै चर्चित सुन्दरी गायिका एलिना चौहानको आवाजमा रहेको गीत बरिलै लाई हामीले तल साभार गरेका छौ हेरेर प्रतिक्रिया दिनुहोला ।

बरिलै गीतको भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार