जापान, फागुन १ ।
जापानको फुकुसिमा ईपिसेनेटर भएर भर्खरै ( रातीको ११:०८ ) ७.१ म्याग्निच्युडको ठूलो भुकम्प गएको छ । यस कम्पनले ईपिसेन्टर फुकुशिमा तथा मियागी प्रान्तमा निकै नै ठूलो धक्का परेको छ भने, कान्तो लगायतका क्षेत्रहरुमा समेत निकै ठूलो धक्का महशुस गरिएको छ ।
जापानको मौसम विभागले, ठूलो धक्का महशुस गरिएता पनि सुनामीको खतरा भने नरहेको बताएको छ । यद्यपी फुकुशिमा तथा मियागी प्रान्तका समुद्री तटहरुमा छालहरु आउन सक्ने सम्भावना रहेकाले सावधान रहन सबैलाई आग्रह गरिएको छ । जापानको फुकुसीमा र मियगी क्षेत्रमा बस्ने नेपालीसमुदायलाई सतर्क र सुरक्षित रहन समेत अनुरोध गर्दछ ।