संसद पुनर्स्थापनाबारे अदालतले अन्यथा फैसला गर्ने ठाउँ नभएको बरिष्ठ नेता पौडेलको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  555 पटक हेरिएको

काठमाडौं, फागुन १ ।  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । यद्यपि सर्वोच्च अदालतले अन्यथा फैसला गर्नसक्ने हो की भन्ने आशंका भने कायम रहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरू’ को शनिबार काठमाडौंमा लोकार्पण गर्दै पौडेलले भने, ‘अदालतले अर्कै फैसला गर्ने हो की भनेर सोच्नुपर्ने अवस्था छ, तर त्यसका लागि कँहि ठाउँ नै छैन ।’

संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघात गरेको वरिष्ठ नेता पौडेलको आरोप छ । संविधानको धारा ७६ को ७ अनुसार मात्रै संसद विघटन गर्ने प्रावधान राख्ने विषयमा स्यवम ओलीले सहमति गरेको उनले बताए । कार्यक्रममा पौडेलले भने ‘संविधान विपरीत संसद विघटन गरेर ओलीजीले विश्वासघात गर्ने काम गर्नुभयो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार