प्रधानमन्त्रीद्धारा बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  71 पटक हेरिएको

बुटवल, फागुन १।  

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका छन् । शनिबार अपराह्न प्रधानमन्त्री ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका हुन् । रुपन्देहीको बुटबल उपमहानगरपालिका ३ को बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म केवलकार निर्माण हुनेछ ।

तीन किलोमिटर दुरीमा सञ्चालन हुने केवलकार निर्माण क्षेत्रमा रहेको वन क्षेत्र २५ वर्षका लागि उपलब्ध गराउने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।

केवलकार पर्ने स्थानमा ३ सय ३८ वटा पोल तथा रुख काट्न स्वीकृति दिइएको छ । चन्द्रागिरि हिल्स केबलकार प्रालिका सञ्चालकहरुले लगानी गर्न लागेको उक्त केबलकारको निर्माणसँगै वसन्तपुरमा पाँचतारे होटलसमेत स्थापना गरिने भएको छ । साढे ३ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार