सडक दुर्घटनामा अभिनेत्री महिमा सिलवाल सहित दुईको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1631 पटक हेरिएको

धादिङ्ग, फागुन १ ।

नेपाल चलचित्र जगतकि कलाकार तथा नायिका नेपाली सिने अभिनेत्री महिमा सिलवालको बुधबार गजुरी सवारी दुर्घटनामा परि निधन भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा महिमा स्वयमले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आउदै गरेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा घाईते भएकी उनको उपचारको क्रममा निधन भएको हो।

घटनामा सो स्कुटरमा सवार उनकी दिदी शर्मिला सिलवालको पनि उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटना बुधबार साँझ ५ बजेर ४५ मिनेटमा गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा घटेको हो। महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको हो भने उनको दिदी शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा निधन भएको हो।

प्रहरीका अनुसार घुम्ती क्रस गर्ने क्रममा स्कुटी र बस एक आपसमा ठोक्किएर उक्त दुर्घटना भएको जनाएको छ । अहिले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

“कारवाही” सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री महिमाले “अप्रिल फुलु, चियर्सु, दानवु, जिग्लो”आदि सिनेमामा अभिनय गरेकी नायिका सिलवालले चलचित्रका अलावा म्युजिक भिडियो र बिज्ञापनमा पनि अभिनय गरेकी छिन । महिमा भरतपुर महानगरपालिका–१२ शिवनगरकी स्थायी बासिन्दा हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार